पलाञ्चोक जात्राको 'महाजात्रा'बारे !


मेचीकाली

-निरुत्साहित

पूरा पढेर आएको ताली र गाली स्विकार्य छ ।

जो जस संग सम्बन्धित छ !

देशकै गर्वको प्रतिमुर्ती काभ्रेपलाञ्चोक भगवती मेरो आफ्नै वडाको एक ईतिहास हो । विगत केही बर्ष देखि समाजिक सञ्जाल मार्फत म आफै पनि यस बिजेश्वरी भगवतिको प्रचार  प्रसारमा जुटिएको रहेको छु । नयाँ बर्ष, चण्डि पुर्णिमा, गाइजात्रा तथा दशैको मेला जात्रा को बारेमा आफुले जानेको कुरा सञ्जाल बाट प्रेषित गर्दै आइरहेको छु । भुकम्प पछिका बर्षहरुमा खासै जात्राहरु लोभ हुँदै गइरहेको अवस्थामा पछिल्ला केही बर्ष देखि सामान्य रुपमा फर्किदै थियो । मैले समाजिक सञ्जालमा जानेको र बुझेको कुरो राख्दै गर्दा मन्दिर आसपासमा हुने केही लखन्तरी हरुले,"फलानोले भिउजको लागि गरेको हो" भन्दै टोल टोल झ्यालि पिटे जति झ्याली झ्याम्टा जात्रामा पिटिदैन । 

विगत ३ बर्ष देखि पाँचखाल नगरपालिका सहित वडा नं ९ का केही युवा क्लव तथा सेवा समाज सहित सहकारी हरुले जात्राको गरिमा बढाउन स्पोन्सर गरिरहेको कुरो एकदमै राम्रो हो । तर व्यक्तिगत व्यापारको स्वार्थले पुरातात्त्विक ईतिहास माथी लात हान्ने काम निन्दनीय छ । जति निन्दा गरेपनी सकिन्न ।

चण्डि पुर्णिामा जात्रा कुनै पश्चिम रोल्पा गाउँको सुंगुर काट्ने चौर मा आयोजना भएको टिके महोत्सव होइन । आज बनेपा र नाला अनि शोभा भगवती जस्ता जात्रा हरु परिस्कृत हुँदै गर्दा हाम्रामा विकृति किन ??? जात्रालाई परिमार्जन गर्न सकिएला तर विस्थापित गर्न सकिदैन । 

मदिराले लठ्ठ भएर आधा रातमा "जात्रा चलाउने हामी तलाई के को तनाब ? जस्ता मेसेज गरेर बुद्दिहिन काम गर्नेहरुले उज्यालो नहुदै unsent हान्नु के तुक ? अरे भाइ , जति जात्रा सम्पदा अनि सस्कृती माथी तिम्रा अधिकार छन त्यति अधिकार हाम्रा नि होलान । पढ्ने बेलामा सुर्य चुरोट ठिक कि पाइलट चुरोट ठिक भन्दै बस्ने स्वाँठहरुले तर्क सम्मत कुरा लिएर आउदा ठिक होला कि ?  हामिले कसैको घरको देवाली अथवा कुल पुजामा विकृती भयो भनेर  प्रश्न गरेको होइनौ । सम्पुर्ण आस्थाप्रती नै खेद लागेर भनेको हौ ।

हामि Rap गित पनि सुन्छौ जसमा धेरै प्रतिशत छाडा शब्द  हुन्छन । हामी महोत्सव पनि जान्छौ जसमा राम्रा नराम्रा कलाकार आउलान । प्रस्तुती देलान तर फरक कुरो के हो भने पाँचखालको फुटवल ग्राउन्डमा भएको महोत्सवमा आएर भिटेनले "सिमसिमे पानीमा जिस्क्निने नानी " भन्नू र पलाञ्चोक भगवती नाम दिएको साँस्कृतिक कार्यक्रममा आएर कोहि  ABC कलाकारले भद्दा कार्यक्रम राख्नु दुई फरक कुरा हुन । 

यसमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दा "अरु सबलाई ठिक लागेको छ तलाई मात्रै किन बेठिक लाग्यो" भन्ने पाराले बारम्बार भद्दा कार्यक्रमलाई प्रस्तुत गरिन्छ भने यो निकै लज्जास्पद ,अपरिपक्व नै हुन्छ ।  हिजो म एक्लोलाई बेठिक लागेको कुरो आज सारालाई बेठिक लाग्दा समेत समबन्धित पक्षलाई अझै ठिक लाग्छ भने यो भन्दा ठूलो भ्रम अरु हुन सक्दैन । मैले सबको कानमा फुक्दै हिडेको जसरी नबोल भन्नेहरु आज क-कस्लाई यस्को बारेमा नबोल भन्छौ ? नैतिकता छ ?  आज देशभरिको भक्तालु श्रद्धालु दर्शन गर्न आउँदा गतिलो शौचालय छिर्न पाउदैनन र मन्दिरको फोहोर बन्चरे डाँडाको भिर झै बनाउने को हो ? म हुँ ? भगवती हुन ? या को हुन ? औला उठाउदै गर्दा तिम्रा झिलिमिलिले कुन अन्धकार हटायो ? "गाउँ आएर जात्रा गर" संसारको कुनै कुना बाट बिरोध नगर आमने सामने आउ भन्नेहरुलाई प्रश्न , तिम्रा यस्ता विकृतीको बारेमा बोल्नलाई तिमिलाई भेट्नै पर्ने हो ?? जात्राको बिरोध कस्ले गरेको छ ? साँस्कृतिक कार्यक्रम को विरोध कस्ले गरेको छ ? हामिले त असाँस्कृतिक र महाजात्राको बिरोध गरेको हौँ ।  

जात्रामा अघिल्ला बर्षहरु भन्दा झन बाक्लो उपस्थित थियो । त्यो राम्रो कुरो हो तर खल्लो थियो त्यो नराम्रो कुरो भो । देखिएको कमि कमजोरिलाई अबलम्बन गरेर  गएका बर्षहरुको जात्रा राम्रा थिए  आउँदा बर्षहरुका हरेक जात्राहरु सभ्य भव्य र बृहत् हुनेछ । कतै विवादित हुने छैनन । पलाञ्चोक भगवती संग यहि कामना छ । जात्रा , पर्व , मेला उत्सव नै हाम्रो सँस्कार हो । देखिएको बेथितिको बारेमा बोल्दै गर्दा कसैले रिस र आवेग देखाउनु पर्ने जरुरी छैन । सुझाव र सल्लाह जो कसैले नि दिन पाइन्छ । 

हिजो कार्यक्रम सफल हुँदा "मेरो मातहतमा सम्पन्न भयो देखिस" भन्नेहरु आज  "म अतिथी मात्रै हुँ मैले सेन्सर गर्ने होइन , मलाई किन बदनाम गरेको ? " भनेर आधा रातमा थाल ठटाउनेहरुले समय पछि आफै बुझ्नेछन । बदनाम होइन ध्यानाकर्षण गरेको हो भनेर । राम्रो गर तिमिले नभन्दा नि समर्थन पाउछौँ, नराम्रो गरेउ भने तिमिले भन्दा भन्दा पनि विरोध पाउछौँ । राम्रो हुँदा जस लिन खोज्नेले नराम्रो हुँदा अपजस पनि लिन जान्नु पर्छ ।विगतका कार्यक्रम लाई स्वागत र प्रचार गरेकै हो । यसपाली ब्यानरमा भएको कलाकार देखेरै गतिलो नहुने ठानेर पछि हटेको हुँ त्यसको नतिजा हामिले देखि सकेम । राम्रोलाई राम्रो पनि भन्नुपर्छ साँस्कृतिक कार्यक्रम राम्रो हो , ८०% सफल नि भाकै हो ,होइन भनेको छैन । जुन विषय विवादित बन्यो त्यस्लाई सम्बन्धित पक्षले मनन  नगर्नाले पुरै विवादित बन्न पुगेको हो । जुन कुरो विवादित थियो त्यो कुरो आफ्नालाई सन्तानलाई देखाएर यो हाम्रो जात्राको  संस्कार हो भनेर भन्न सक्छौ ? छातिमा हात राखेर भन 🤔 छ कोहि माइकालाल ?

पलाञ्चोक भगवती भन्दा निकै समयपछी बनेको चण्डेश्वरी जात्रा आज कस्तो छ अनि हाम्रो जात्रा कस्तो हुदैछ ? फरक छुटाउन सक्छौ नि ?ईतिहास पढ्ने गर ,सुन्ने गर ।  हाम्रो पलाञ्चोक जात्राको अनुसरण गरेको चण्डेश्वरी जात्रा देखेउ ?? नाँचगान त त्यता नि भए होलान ।

साँस्कृतिक कार्यक्रमले संस्कार सिकाउछ, होक्से चिसापानीको सेलो र साठिघरको नेवा भजन प्रवर्द्धन गर्न सकिन्छ,सक्नुपर्छ ।

यस कार्यक्रममा संम्बन्धित अतिथी हुन गएका मेयर ,वडाध्यक्ष ,प्रशासन तथा स्थानीय बौदिक व्यक्तिहरुलाई दोष देखाएर प्रतिशोध देखाइरहनु पनि त्यति उचित हुन्न । अतिथिलाई के हुदैछ भनेर थाहा हुन्न । सरप्राइजमै परेका पनि हुन सक्लान ।  मेयरसाप संग अरु केही कुरामा मतभेद होला तर यस्ता कार्यक्रम मार्फत तारो बनाएर विरोध गर्नु चाहिँ मुर्खता नै हो । एउटा कुरो भ्रम नहोस हामिले जात्रा र साँस्कृतिक कार्यक्रमको विरोध गरेको होइनौ/छैनौँ  । साँस्कृतिक कार्यक्रममा भएको अमर्यादित,असभ्य र विवादस्पद कुनै एक विषयको बारेमा बिरोध गरेका हौँ । जो सधै विवादित नै रहन्छ । जसबाट सिक्नुपर्छ । यति भन्नको लागि कुनै मै हुँ भन्नेहरुको आमने सामने पर्नु बेकार छ ।  

जात्रामा अघिल्ला बर्षहरु भन्दा झन बाक्लो उपस्थित थियो । त्यो राम्रो कुरो हो तर खल्लो थियो त्यो नराम्रो कुरो भो । देखिएको कमि कमजोरिलाई अबलम्बन गरेर  गएका बर्षहरुको जात्रा राम्रा थिए  आउँदा बर्षहरुका हरेक जात्राहरु सभ्य भव्य र बृहत् हुनेछ । कतै विवादित हुने छैनन । पलाञ्चोक भगवती संग यहि कामना छ । जात्रा , पर्व , मेला उत्सव नै हाम्रो सँस्कार हो । देखिएको बेथितिको बारेमा बोल्दै गर्दा कसैले रिस र आवेग देखाउनु पर्ने जरुरी छैन । सुझाव र सल्लाह जो कसैले नि दिन पाइन्छ ।  अहोरात्र खटिएर जात्रा सफल बनाउने सबैलाई धन्यवाद ।🙏

र अन्तिममा........ 

एक शताब्दी अगाडि हामी कोहि थिएनौँ तर पलाञ्चोक भगवतिको जात्रा उत्सव भव्य थियो । हामी भोलि शताब्दी पछि कोहि हुदैनौँ त्यतिबेला नि यो पर्व गजवले अघि बढ्नेछ । तर डान्सर ल्याएर होइन देशका कुना कन्दरा बाट भक्तजन र श्रद्धालु  ल्याएर ।😊

हामी सबैको जय होस 

जय पलाञ्चोक भगवती माता 🙏🌼

प्रतिक्रिया



थप समाचारहरु