चौथो NESCOM सम्मेलन तथा अन्तर्राष्ट्रिय RISK-E-SCAPE सम्मेलन सम्पन्न


मेचीकाली , 

काठमाडौं-नेपलिज सोसाइटी अफ कम्युनिटी मेडिसिन (NESCOM) को चौथो सम्मेलन तथा अन्तर्राष्ट्रिय RISK-E-SCAPE सम्मेलन “Climate, Disaster and Health: Evidence, Innovation and Resilience” विषयवस्तुका साथ सेप्टेम्बर १५–१६, २०२६ मा काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको छ। 

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा जलवायु परिवर्तन, विपद्, स्वास्थ्य प्रणाली, प्रमाण, नवप्रवर्तन र उत्थानशीलताका विषयमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच छलफल भएको थियो। सम्मेलनमा १५३ जनाको प्रत्यक्ष सहभागिता रहेको थियो।

 

 सम्मेलनले सरकार र NESCOM बीचको संवाद तथा सहकार्यलाई विशेष प्राथमिकता दिएको थियो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचन, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवाल, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका प्रमुख वरिष्ठ सल्लाहकार प्रा. डा. मनोहर प्रधान तथा स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइ (HEOC) का प्रमुख डा. हेमन्तचन्द्र ओझालगायत सरकारी नेतृत्वको सहभागिताले सामुदायिक तथा निवारक चिकित्साको भूमिका र NESCOM को योगदानलाई राष्ट्रिय स्वास्थ्य प्रणालीसँग जोड्ने अवसर प्रदान गरेको थियो। 

 

उद्घाटन सत्रमा आयोजक समितिकी अध्यक्ष डा. पुष्पाञ्जली अधिकारीले स्वागत गर्दै सम्मेलनको उद्देश्य तथा कार्यक्रमबारे जानकारी गराइन्। प्रा. डा. जगदीशप्रसाद अग्रवालले जलवायु परिवर्तनबाट उत्पन्न स्वास्थ्य चुनौती सम्बोधन गर्न रोकथाम, पूर्वतयारी, जनचेतना र लगानीमा जोड दिए भने प्रा. डा. मनोहर प्रधानले जलवायु न्यायको आवश्यकता औँल्याए। कार्यक्रममा NESCOM Nilambhar Jha Oration Award 2026 प्रा. डा. लोचना श्रेष्ठलाई प्रदान गरियो। 

     

सामुदायिक चिकित्सामा योगदान पुर्‍याएका डा. विजयकुमार खनाल, डा. राम बिलक्षण शाह, डा. विजय थापा, डा. संयोग उप्रेती, डा. निरज श्रेष्ठ, डा. श्याम सुन्दर बुधाथोकी, डा. मनिषा मास्के र डा. पार्थ गुरागाईं लाई समेत सम्मान तथा अभिनन्दन गरिएको थियो। नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलका Partnership प्रमुख श्री Jose Luis Vinuesa-Santamaria ले सम्मेलन Erasmus+ कार्यक्रमअन्तर्गतको सहकार्यको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै साझेदारी, सहकार्य तथा नवप्रवर्तनको महत्त्वमा जोड दिए। RISK-E-SCAPE Hub ले विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता सुदृढ गर्न योगदान पुर्‍याउने उनले बताए। वक्ताहरूले जलवायु तथा विपद्जन्य स्वास्थ्य जोखिम न्यूनीकरणका लागि रोकथाम, पूर्वतयारी, लगानी, समन्वय र उत्थानशील स्वास्थ्य प्रणालीको आवश्यकता औँल्याए। NESCOM अध्यक्ष डा. दिपेश ताम्राकारले संस्थाको १० वर्षे यात्रा प्रस्तुत गर्दै सामुदायिक तथा निवारक चिकित्साको क्षेत्रमा NESCOM ले गर्दै आएको कामबारे जानकारी दिँदै नेपाल जर्नल अफ प्रिभेन्टिभ मेडिसिनको प्रकाशनको समेत घोषणा गरे।

 

सम्मेलनका वैज्ञानिक तथा प्राविधिक सत्रहरूमा जलवायु परिवर्तन, विपद् र स्वास्थ्य प्रणालीका उदीयमान जोखिम, वायु प्रदूषण तथा बाल स्वास्थ्य, टाइप २ मधुमेह, डिजिटल स्वास्थ्य, परिवार तथा समुदायमा आधारित स्वास्थ्य सेवा, स्वस्थ वृद्धावस्था र विपद् प्रतिकार्यका विषयमा प्रस्तुति तथा छलफल भयो। “Disaster, Health and Resilience: What Can Nepal Learn from the Recent Flash Floods?” प्यानलमा हालैका flash flood बाट प्राप्त सिकाइ, पूर्वसूचना प्राप्त हुने समय, पूर्वचेतावनी प्रणाली, सम्पूर्ण सरकारी निकायको समन्वित दृष्टिकोण तथा क्लस्टरगत कार्यप्रणाली, प्रभावकारी समन्वय र स्वास्थ्य प्रणालीको resilience सुदृढीकरणबारे छलफल भयो।

 

 सरकारी प्रतिनिधि तथा NESCOMबीचको संवादमा विपद् तयारी तथा प्रतिकार्य, NCD Care Cascade, evidence-informed policy making र स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहकार्यलाई थप संस्थागत गर्ने विषयमा जोड दिइयो। NCD Care Cascade लाई प्रभावकारी बनाउन सरकार, स्वास्थ्य संस्था र NESCOM बीच tripartite agreement मार्फत सहकार्यको संरचना विकास गर्ने, साथै नियमित monitoring, supportive supervision तथा clinical mentoring अघि बढाउने प्रस्ताव प्रस्तुत गरियो।

 

त्यसैगरी, “Breaking Silos, Building Systems: A Collaborative Roadmap for Institutionalizing Evidence-Informed Health Policy Making in Nepal” प्यानलमा अनुसन्धान तथा प्रमाणलाई नीति निर्माणमा प्रभावकारी रूपमा प्रयोग गर्न स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको नेतृत्वमा Knowledge Translation Platform लाई बहुपक्षीय network model का रूपमा विकास गर्ने विषयमा छलफल भयो। AI तथा digital tools मार्फत द्रुत evidence synthesis र सरकार, शैक्षिक संस्था, अनुसन्धान संस्था तथा विकास साझेदारबीच सहकार्य संस्थागत गर्नुपर्नेमा समेत जोड दिइयो।


पूर्व–सम्मेलन कार्यक्रम

मुख्य सम्मेलनअघि सेप्टेम्बर १३ मा धुलिखेल अस्पतालमा करिब १०० जनाको सहभागितामा विपद् तयारी तथा प्रतिकार्यसम्बन्धी पूर्व–सम्मेलन कार्यक्रम आयोजना गरिएको थियो। CBRNE, blast injury, mass casualty incident, disaster communication तथा tabletop exercise लगायतका सत्रहरू WACEM-TOPCOM ले सहजीकरण गरेको थियो।

 


प्रतिक्रिया



थप समाचारहरु