बीपी राजमार्गका ८ स्थानमा क्षति, मर्मतमा ४८ घण्टासम्म लाग्ने


मेचीकाली , 

काभ्रे-अविरल वर्षाका कारण बीपी राजमार्गका विभिन्न ८ स्थानमा पहिरो तथा सडकको डाइभर्सन बगेर क्षति पुगेको छ। सडक क्षतिका कारण राजमार्गको आवागमन प्रभावित भएको छ।

सडक डिभिजन भक्तपुरले तयार पारेको  विवरणअनुसार माम्तीमा २, पिप्लेमा २, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुञ्जे र चौकीडाँडामा १/१ स्थानमा सडकमा क्षति पुगेको हो। माम्ती र पिप्लेमा सडकको डाइभर्सन बगेको छ भने दाउन्ने–कालोपुल र चारसयबेँसीमा पहिरो गएको छ। कटुञ्जे र चौकीडाँडामा पनि डाइभर्सन बगेर सडकमा क्षति पुगेको विवरणमा उल्लेख छ।

क्षतिग्रस्त सडक मर्मतका लागि स्थानअनुसार १ देखि ४८ घण्टासम्म लाग्ने अनुमान गरिएको छ। माम्ती र पिप्ले क्षेत्रमा सडक मर्मत गर्न करिब ४८ घण्टा लाग्ने जनाइएको छ।

विवरणअनुसार बीपी राजमार्गमा क्षति पुगेको सडकको कुल लम्बाइ १ हजार ६८५ मिटर रहेको छ।

प्रतिक्रिया



थप समाचारहरु