बेथानचोकमा दुई दिने स्वास्थ्य शिविर


मेचीकाली

काभ्रेपलाञ्चोक– राष्ट्रिय सेवा दल अन्तर्गतको एनसिसि एल्मुनाई एसोशियसन नेपालको आयोजनामा  बेथानचोक गाउँपालिकामा दुई दिने स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरको श्रीमेहर गण धुलिखेलका गणपति प्रमुख सेनानी झलक सुवेदीले उद्घाटन गर्नुभएको हो ।

शिविरको व्यवस्थापन बेथानचोक गाउँपालिकाले गरेको हो । शिविरमा श्रीमेहर गण धुलिखेल, बिरेन्द्र अस्पताल, रेयुकाई एईको मासुनागा आँखा अस्पतालका डाक्टर तथा अधिकृत, एनसिसि काभ्रेपलाञ्चोकका पदाधिकारीको सहयोगमा शिविरको सञ्चालन गरिएको हो । शुक्रबारको शिविरमा २४० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा आँखाको परीक्षण, स्त्रीरोग, साधारण स्वास्थ्य परीक्षण गरिएको थियो भने सामान्य रोगका बिरामीका लागि निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

शिविरमा स्थानीयबासीका साथै बालगोपाल माविका बिद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविर शनिवार सम्पन्न हुनेछ । गाउँमा नै स्त्री, आँखा र साधारण स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा स्थानीयबासीहरु हर्षित रहेका छन् । 


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रेमा बस दुर्घटना, ८ जनाको निधन

 

कहिले बन्ला बनेपाको शीत भण्डार ?