प्रतिनिधिसभा निर्वाचन : आजदेखि मतपत्र जिल्लामा पठाइने


मेचीकाली

काठमाडौं–प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि मतपत्र जिल्लामा पठाउन सुरु हुने भएको छ । पहिलो चरणमा दुर्गम जिल्लाका मतपत्र पठाइनेछ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले  प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छापिरहेको छ । 

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाबारेमा जानकारी दिँदै प्रतक्ष्यतर्फ कूल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा हालसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न गरेको जानकारी दिएका छन् । उनले दैनिक १३ लाख मतपत्र छपाइ भइरहेकामा अहिले मतपत्र छपाइ वृद्धि गरि दैनिक १५ लाख मतपत्र छपाइ भइरहेको र भोली शुक्रबारसम्ममा सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए । केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले आज बिहीबारदेखि दुर्गम क्षेत्रमा मतपत्र वितरण गरिने जानकारी दिँदै फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पु¥याइसक्ने बताए । 

उम्मेदवार धेरै भएको जिल्लामा ठूलो आकार र थोरै उम्मेदवार भएको जिल्लामा सानो मतपत्र छाप्नुपर्ने हुँदा केही समय छपाइ सम्पन्न हुन ढिलाइ भएको केन्द्रको भनाइ छ । केन्द्रले छपाइ सम्पन्न गरेका १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पु¥याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी केन्द्रले प्रतक्ष्यतर्फको मतपत्र छपाइ सुरु गरेको हो ।


प्रतिक्रिया



थप समाचारहरु