बनेपा- काभ्रेको बनेपामा बस र बोलेरोको ठक्करबाट दुईजना पैदलयात्रीले ज्यान गुमाएका छन् ।
घटना बनेपा-३ तिनघरे र बनेपा-८ मा भएको हो
आज बिहान ९ बजे बनेपा-३ तिनघरेमा बसको ठक्करबाट स्थानीय १६ वर्षीय राजेश तामाङको मृत्यु भएको हो । बसको ठक्करबाघाइते भएका तामाङको उपचारको क्रममा शीर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी रविन विष्टले जानकारी दिए । नालाबाट बनेपातर्फ आउँदै गरेको बा २ ख ४८९४ नंवरको बसले तामाङलाई ठक्कर दिएको थियो ।
यस्तै बनेपा नगरपालिका वडा नं ८ मा बा १९ च ५७४७ नंवरको बोलेरोले ठक्कर दिँदा बनेपा-१० पुलबजारका ८० वर्षका गंगालाल मानन्धरको मृत्यु भएको छ । बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका मानन्धरको पनि शीर मेमोरियल अस्पताल बनेपामै उपचारको क्रममा मृत्यु भएको विष्टले जानकारी दिए ।
पैदलयात्रीलाई ठक्कर दिने दुबै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।