यसरी भइरहेको छ विपी राजमार्ग पुननिर्माण


मेचीकाली

काभ्रे– बाढीबाट क्षतिग्रस्त विपी राजमार्ग पुननिर्माणको कामले तीब्रता पाएको छ ।  राजमार्गको जोखिमयुक्त स्थानमा वर्षाअघि नै पूर्वाधार निर्माण सक्ने गरी तीब्ररुपमा काम भइरहेको छ । २०८१ असोजमा आएको बाढी र पहिरोका कारण विपी राजमार्ग क्षतिग्रस्त बनेको छ । 

राजमार्गको पुननिर्माणको कामले तीब्रता लिइरँदा पुननिर्माण भइरहेको स्थलमा आज आइतबार अनुगमन गरिएको छ । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिको टोली र सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशको टोलीले पुननिर्माण भैरहेको राजमार्गको अनुगमन गरेको हो ।

 राजमार्ग अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले राजमार्ग पुननिर्माणको काम सन्तोषजनक रहेको बताउनुभयो । उहाँले आउने वर्षायाममा खोलाबाट सवारी सञ्चालन जोखिम हुने भएकोले राजमार्गबाट नै सञ्चालन गर्नका लागि निर्माण गर्नुपर्ने पूर्वाधार निर्माणको काम भैरहेकोले वर्षायाममा राजमार्गबाट नै सवारी गुडाइने बताउनुभयो । 

सडक अनुगनका क्रममा सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले वर्षायाममा राजमार्गबाट नै सवारी सञ्चालन गराउनका लागि निर्माण व्यवसायीहरुले काममा तिव्रता दिएको बताउनुभयो । उहाँले सडक पुननिर्माणको ठेक्का पाएका निर्माण व्यवसायीले जोखिमयुक्त स्थानमा वर्षाअघि नै पूर्वाधार निर्माण गर्ने र त्यसपछि वर्षाको समयमा राजमार्गबाट नै सवारी आवागमनको व्यवस्था मिलाइने बताउनुभयो । उहाँले राजमार्गमा भैरहेको काम हेर्दा दुई वर्षभित्र नै सडक पुननिर्माणको काम सकिने अवस्था रहेको बताउनुभयो । उहाँले हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा खण्डमा गरी कुल २५ प्रतिशत काम भएको बताउनुभयो । 

उहाँले जाइकाले पुननिर्माण गर्ने बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक निर्माणको काम यसै महिनाभित्र ठेक्का सम्झौता हुने बताउनुभयो । उहाँले निर्माण व्यवसायीहरुको कार्य तालिम अनुसार दुई वर्षभित्र सडक पुननिर्माण सकिने अवस्था रहेको बताउनुभयो । 

बाढीबाट क्षति भएको विपी राजमार्ग अन्र्तगत काभ्रेपलाञ्चोकभित्र पर्ने पिप्लेदेखि डालाबेशीसम्मको २.३ किलोमिटर सडक पुननिर्माणका लागि उमा एण्ड कम्पनी÷भण्डारी अमरज्योती जेभीसँग ६८ करोड ८० लाख रुपियाँमा सम्झौता भएको छ । यस्तै डालाबेशीदेखि चार सयबेशीसम्मको ८.५ किलोमिटर सडकका लागि लामा÷नव कान्तिपुर जेभीसँग एक अर्ब ४२ करोड र चार सयबेशीदेखि भकुण्डेबेशीसम्मको ११ किलोमिटर सडक पुननिर्माणका लागि खानी÷एवान÷कमलजीत जेभीसँग एक अर्ब ३३ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो ।


प्रतिक्रिया



थप समाचारहरु