ललितपुरमा ७ दिने लेप लगाउने तालिम सम्पन्न,


मेचीकाली

ललितपुर— नेपाल नापित समाज, ललितपुर जिल्ला समितिको आयोजनामा ७ दिने “लेप लगाउने” तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम समाजकी जिल्ला अध्यक्ष रोजिना नापितको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन नेपाल नापित समाजका केन्द्रीय अध्यक्ष ज्ञानबहादुर नापितले गर्नुभएको थियो। कार्यक्रममा समाजका कानूनी सल्लाहकार प्रबिण नापित, वरिष्ठ उपाध्यक्ष जगदिश्वर नापित, महासचिव राजेन्द्र नापित तथा ईखाछे टोल समितिका अध्यक्ष सानुराज बज्राचार्यलगायतले लेपको महत्व र यस तालिमले लेप लगाउने पेशाको संरक्षण तथा प्रवर्द्धनमा खेल्ने भूमिकाबारे आ-आफ्ना धारणा व्यक्त गर्नुभयो।

तालिममा सहभागीका तर्फबाट राजेन्द्र नापित र सुर्यलक्ष्मी नापितले तालिमबाट प्राप्त अनुभव र सिकाइबारे आफ्ना विचार राख्नुभएको थियो।

कार्यक्रममा तालिम सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै प्रशिक्षक नारायण नापितलाई सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन नेपाल नापित समाज, ललितपुरका सचिव नैना नापितले गर्नुभएको थियो।

उक्त कार्यक्रम ललितपुर महानगरपालिका वडा नं. ११, आलोकहिटी, ईखाछेंमा सम्पन्न भएको हो।

प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रेमा संस्कृति ज्ञान परिक्षा