बनेपामा दुई कार ठोक्किँदा चार जना घाइते


मेचीकाली , 

बनेपा- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८, नेपाल टेलिकम अगाडि अरनिको राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान ८:५० बजे धुलिखेलबाट काठमाडौं जाँदै गरेको BAE 8190 नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०२८ च ४०३७ नम्बरको कार एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा BAE 8190 नम्बरको कारमा सवार चिरन श्रेष्ठ (२९), रमला श्रेष्ठ (४६), हरिभक्त प्रधान (६४) र नारिमाया श्रेष्ठ (६४) घाइते भएका छन्।

घाइतेमध्ये बनेपा नगरपालिका–३ निवासी चालक चिरन श्रेष्ठको दाहिने हात र निधारमा सामान्य चोट लागेको छ। सोही ठाउँकी रमला श्रेष्ठको बाहिरी चोट नदेखिए पनि टाउकोमा भित्री दुखाइ रहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, ललितपुर महानगरपालिका–२४ निवासी हरिभक्त प्रधानको बायाँ आँखामाथि र बायाँ खुट्टामा भित्री चोट लागेको छ। सोही वडाकी नारिमाया श्रेष्ठको बायाँ आँखाको मुनि चोट लागेको छ। उनीहरू दुवैको अवस्था मध्यम रहेको जनाइएको छ।

घाइतेहरूलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा लगिएको छ। दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख, डिएस्पी राकेश थापाले जानकारी दिएका छन्  ।


प्रतिक्रिया



थप समाचारहरु