महीको मोह बढ्दो, यस्ता छन् महीका फाइदा


मेचीकाली

धुलिखेल – हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर, बनेपा–७ धनेश्वरमा स्थापित गुणस्तरीय दुध तथा दुग्ध पदार्थहरु उत्पादन गर्ने डेरी उद्योग हो । लामो समयदेखि पनौती–२ कुशादेवी सञ्चालित यो डेरी गत वर्षदेखि बनेपासहित काठमाडौं उपत्यकाका उपभोक्ताहरुलाई गुणस्तरीय दुध तथा दुग्ध पदार्थहरु उपलब्ध गराउने उद्देश्यले बनेपामा बिस्तारित रुपमा सञ्चालनमा आएको हो । 

डेरीले टेबल बटर, नौनी, घिउ, पनिर, चिज, दही र दूध उत्पादन गर्दै आएको छ । दर्शन ब्राण्डमा पास्चुराइज्ड दूध र दही र राजादही उत्पादन गर्दै गत वर्षबाटै थप उत्पादनका रुपमा दर्शन ब्राण्डमा मही बजारमा ल्याइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिएर दूध तथा दुग्ध पदार्थको उत्पादन प्रक्रिया थालनी भएको हो । हाल दैनिक १ हजार लिटर मही उत्पादन हुने गरेको छ । पार्टीलगायत ठुला समारोहका लागि दर्शन मही बल्क प्याकमा उपलब्ध हुने गरेको छ । उपभोक्ताले सोझै सेवन गर्न मिल्ने १ लिटर र ५०० मिलीको बोतलमा पनि मही उपलब्ध रहेको छ ।१ लिटर र ५०० मिलीको बोतलको खुद्रा मुल्य ८० रुपैँया र ४० रुपैँया राखिएको छ ।

यस डेरीले मही प्रवद्र्धनका लागि सामाजिक उत्तरदायिŒव अन्तर्गत सामाजिक संघ संस्थाका समारोहहरुमा दर्शन मही उपलब्ध गराएर मही अभियानलाई सहयोग गर्दै आएको छ । दोस्रो राष्ट्रिय मही दिवस २०८२ चैत्र २८ गतेका दिन ‘महीको विश्वास, स्वास्थ्यको विकास ः घरघरमा फैलाऔं अभियानको प्रयास’ भन्ने नाराले देशैभर मही दिवस मनाएका छौं ।


-रबिन्द्र हुमागाईं, ९८५१०–१८२६१

केन्द्रीय सदस्य, नेपाल डेरी एसोसियसन

प्रबन्ध निर्देशक, हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर

----------------------------------------

मही ब्रान्ड बन्दै गरेको छ । नेपालमा पछिल्लो समय विभिन्न स्थानीय तहले महीलाई ब्रान्डिङ गर्न थालेका छन् । एसोसिएसनका केन्द्रीय सदस्य रबिन्द्र हुमागाईंका अनुसार महीप्रतिको मोह बढ्न थालेपछि धेरै डेरी उद्योगहरुले व्यावसायिक रूपमै मही उत्पादन सुरु गरेका छन् ।

महीमा १ प्रतिशत फ्याट राखिन्छ, ५ प्रतिशत एसएनएफ राखेर उत्पादन गरिन्छ । यसमा क्याल्सियम बढी हुन्छ । महीमा क्याल्सियम, माइक्रो प्रोटिन लगायतका पोषण तŒव हुन्छ । मही पिउनाले हड्डीको विकासमा गर्छ ।

चितवनको इच्छाकामना गाउँपालिकाको कार्यालयमा पाहुना तथा सेवाग्राहीलाई महीले स्वागत गर्न थालिएको छ । पछिल्लो समय बाराको निजगढ नगरपालिका र जीतपुरसिमरा उपमहानगरले पनि पाहुनालाई चिया तथा चिसो पेय पदार्थको सट्टा मही दिने गरेको छ । 

मही गर्मी मौसमका लागि स्वास्थ्यवद्र्धक पेय पदार्थ हो । महीमा विभिन्न पोषण तŒव पाइने भएकाले यसले पाचन प्रणाली, शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत गर्ने जानकारहरूको भनाई छ । पोषणविद्हरुका अनुसार मही रसायनरहित प्राकृतिक पेय पदार्थ हो । मही पिउँदा गर्मी छल्नुका साथै स्वास्थ्यका लागि विभिन्न पौष्टिक तŒव प्राप्त हुन्छ । मही प्राकृतिक पेय हो, यसमा कुनै केमिकल मिसाइएको हुँदैन, खाना खाएपछि पानीको सट्टा मही पिउन सकिन्छ । मही हाम्रो पाचन प्रणालीका लागि राम्रो हुन्छ ।

महीमा पर्याप्त मात्रामा प्रोटिन हुन्छ । एमिनो एसिड हुन्छ । बच्चादेखि वृद्धसम्मका लागि यो एकदमै राम्रो हुन्छ । बच्चाको लागि एकदम स्वास्थ्यवद्र्धक पेय पदार्थ हो । मही पिउने समय र व्यक्ति अनुसार फरक हुन सक्छ । विशेष गरी ग्यास्ट्रिकको समस्या हुनेहरूले अमिलो मही पिउन नहुने भनिन्छ ।

नेपाल डेरी एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै विदेशी र कृत्रिम पेय पदार्थको विकल्पमा स्वदेशी मही प्रयोग गर्न आह्वान गरेको छ । ‘महीको उपभोग बढ्नु भनेको ग्रामीण किसानले उचित मूल्य पाउनु र आयातमा बाहिरिने अर्बौं रुपैयाँ जोगिनु हो,’ विज्ञप्तिमा भनिएको छ । एसोसिएसनले सरकारी बैठक, विद्यालयका क्यान्टिन र पारिवारिक उत्सवहरूमा अनिवार्य रूपमा मही प्रयोग गर्न सबैमा हार्दिक अपिल समेत गरेको छ ।


मही कुन बेला पिउने ?

मही पिउने समय र व्यक्ति अनुसार फरक हुन सक्छ । मही बेलुकीभन्दा बिहान र दिउँसो पिउँदा प्रभावकारी मानिन्छ । आयुर्वेदमा खाना खाने बित्तिकै पानी पिउनु राम्रो मानिँदैन । तर मही पिउँदा स्वास्थ्यलाई हानि हुँदैन । स्वास्थ्यको दृष्टिकोणले उत्तम मानिएको पेय पदार्थ महीलाई बजार ल्याउनुअघि यसको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने र यसमा चिनी लगायत अन्य विकार वस्तु नहालिकन शुद्ध रूपमा ल्याउनु मा जोड िदइएको छ ।

मही सेवनको फाइदाहरु एवं विभिन्न रोगको उपचारमा यसको प्रयोग

डा. कोपिला अधिकारी

कन्सल्टेन्ट भेषज विज्ञ,(बीएएमएस, एमडी) । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन 

ताजा दुध, दुध जमाएर बनेको बाक्लो दही र दहीलाई मथेर बनाइएको मोही÷मही मन नपर्ने नेपाली कमै होलान् । शहरी जीवनमा यसको प्रयोग कम भएता पनि ग्रामिण भेगमा बसोबास गर्ने मानिसहरुले नियमित रुपमा महीको सेवन गरेको पाइन्छ । मही सेवनको लागि मिठो हुने मात्र नभई स्वस्थ रहन र कतिपय रोगबाट छुटकारा पाउनका लागी पनि मही उत्तम पेय मानिन्छ। आयुर्वेदमा महीलाई तक्र भनिन्छ । 

तक्र बनाउने तरिका एवं गुणको आधारमा यसको पाँच संस्कृत नाम छन्।

१.    घोल – मक्खन /नौनी सहितको मही (पानि नमिलाइ मथिएको)

२.    मथित – मक्खन /नौनी निकालिएको मही (पानि नमिलाइ मथिएको)

३.    तक्र – मक्खन/नौनी सहितको दही मथेर चौथाई भाग पानि मिलाएर मक्खन निकालेर बनाइएको मही

४.    उद्स्वित् – मक्खन/नौनी सहितको दही मथेर आधा भाग पानि मिलाएर मक्खन निकालेर बनाइएको मही 

५.    छच्छिका – मक्खन/नौनी सहितको दही मथेर मक्खन निकालेर प्रशस्त मात्रामा पानी मिलाएर बनाइएको मही। 

मही सेवनको फाइदाहरु 

१.    घोल – घोलमा सक्खर÷चिनी÷मिश्री मिलाएर खानाले रसायनको काम गर्छ । यसले आनन्द दिनुका साथै वात, पित्त शामक हुन्छ । 

२.    मथित – कफ, पित्त शामक हुन्छ । 

३.    तक्र – कषाय, अम्ल तथा मधुर रस युक्त हुन्छ ।  यसको विपाक मधुर हुन्छ । तक्र ग्राही, लघु, उष्ण विर्य प्रधान हुन्छ । यसले अग्निदीपन गर्नुका साथै वात नाशक हुन्छ । यो तृप्तिकारक एवं शुक्रवर्धक हुन्छ । 

४.    उद्स्वित् –बलबर्धक, कफनाशक, शुन्ठी मिलाएर पिउँदा आमनाशक ।

५.    छच्छिका – शीतल, लघु हुन्छ । वात, पित्त, श्रम, तथा तृषा नाशक एवं कफकारक हुन्छ । 


मही सेवन गर्ने तरिका

१.    ग्रहणी रोग – १ गिलास महीमा १÷२ चिया चम्चा जीरा अथवा सौफ (मिठा सुप) को धुलो मिसाएर पिउने । 

२.    अर्श – दहीमा सुठो (सुठोको सट्टा अदुवाको प्रयोग नगर्ने) को धुलो मिलाएर मथेको मही । अथवा १ गिलास महीमा १÷४ चिया चम्चा सुठोको धुलो मिलाएर पिउने ।

३.    वात दोष प्रकुपित भै शरीर दुख्ने, पेट दुख्ने, पेट फुल्ने आदि भएमा अम्ल रस युक्त महीमा सुठो एवं सिंधे नुन मिलाएको मही पिउने ।

४.    पित्त दोष प्रकुपित भएको अवस्थामा मधुर रस युक्त महीमा चिनी, मिश्री, सख्खर मिलाएर ।

५.    कफ दोष जन्य समस्यामा त्रिकटु (सुठो, मरिच, पिप्पलाको धुलो बराबर मात्रामा मिलाएर बनाइएको मिश्रण) अथवा यवक्षार मिलाएर ।


प्रतिक्रिया



थप समाचारहरु

 

सुरु भयो एसईई परिक्षा