बुचाकोट बस दुर्घटना: सबै मृतकको सनाखत


मेचीकाली

काभ्रेपलाञ्चोक-काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित बीपी राजमार्गको बुचाकोटस्थित सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ ।

शुक्रवार दिउँसो भएको दुर्घटनामा परी आठ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ निवासी २२ वर्षीया सुमी लामा, दैलेख घर भई नेपाली सेनामा अमल्दार पदमा कार्यरत ३० वर्षीय बमबहादुर भण्डारी, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ निवासी अन्दाजी ७३ वर्षीय मेघबहादुर तामाङ, रोशी गाउँपालिका–७ निवासी ३४ वर्षीया फुलमाया तामाङ, सोही स्थानकी ६० वर्षीया माया लामा, रोशी गाउँपालिका–६ निवासी ५५ वर्षीय राजु तामाङ, रोशी गाउँपालिका–८ निवासी ६० वर्षीया प्यारीमाया तामाङ तथा रोशी गाउँपालिका–६ निवासी ७५ वर्षीय इन्द्रबहादुर तामाङ रहेका छन्। इन्द्रबहादुर दुर्घटनाग्रस्त बसका मालिक हुन् ।

घाइते भएका १६ जनालाई तत्काल उद्धार गरी धुलिखेल अस्पताल पठाइएको थियो। उनीहरूको उपचार जारी रहेको र केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।

बनेपाबाट रोशीको सुँगुरे जादै गरेको बा३ ख ८३९८ नंवरको बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रेमा बस दुर्घटना, ८ जनाको निधन