बनेपा-सकारात्मक सोच, दृढ इच्छा शक्ति, तथा परिश्रमका साथ शैक्षिक क्षेत्रमा निरन्तर प्रगति गरिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको छैठौँ रोडरेस कार्यक्रम बैशाख २६ गते शनिवार सम्पन्न भएको छ ।
पहिलो चरणमा बनेपाको तीनदोबाटोमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा नेपाली महिला फुटबल टिमका गोलकिपर अञ्जना रानामगरले उद्घाटन गरी छात्राहरुको रोडरेस सुरु भएको थियो । सो रेस बनेपा तिनदोबाटोबाट सुरु भई चण्डेश्वरी मन्दिर परिक्रममा गरी प्रतिष्ठानमा आएर अन्त्य भएको थियो । दोस्रो चरणको कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यद्धारा छात्रहरुको रोडरेस उद्घाटन गरी पनौती बसपार्कबाट सुरु भई प्रतिष्ठानसम्म भएको थियो ।
तेस्रो चरणको कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा भएको थियो । प्रमुख अतिथि श्री श्रीमेहर गण धुलिखेलका गणपति, प्रमुख सेनानी झलक सुबेदीले गर्नुभएको थियो । प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै वैद्यले शिक्षाको समाज परिवर्तनकारी भूमिकाको चर्चा गर्दै व्यावहारिक तथा जीवनोपयोगी शिक्षालाई आत्मसाथ गर्दै खेलकुद मार्फत एस.ई.ई. पछि बिदाको समयलाई दुरव्यसन तथा कुलतबाट बचाउन प्ष्िि बममष्अतष्यल, क्तबथ जभबतिजथ भन्ने नाराका साथ रोड रेस प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।
रोडरेस कार्यक्रममा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, बनेपाबाट छात्रा तर्फ तुलसा गौतम र छात्र तर्फ चण्डेश्वरी सृष्टिकान्त मा.वि.बनेपाबाट अभिशेक जर्गा मगर प्रथम, ग्रेसल्याण्ड मा.वि. बनेपाबाट पार्वती श्रेष्ठ छात्रा र शङ्खेश्वरी मा.वि.बाट अनिस खत्री द्धितीय र चण्डेश्वरी सृष्टिकान्त मा.वि. बनेपाबाट समिता अधिकारी छात्रा र सिद्धार्थ बन्सथली पनौतिबाट दावा शेर्पा तेस्रो भएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार, प्रमाणपत्र तथा मेडल, दोस्रो हुनेलाई २० हजार प्रमाणपत्र तथा मेडल र तेस्रो हुनेलाई नगद १० हजार, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा राष्ट्रिय महिला राष्ट्रिय महिला फुटबल टिमका गोलकिपर अञ्जना रानामगर, विद्यालय संचालक आत्माराम थापा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद न्यौपाने, जिल्लाका क्रियाशिल पत्रकारहरु, प्यावसन काभ्रेका अध्यक्ष श्याम भुजेल, बनेपा नगर प्यावसनका अध्यक्ष महेन्द्र बिष्ट, कलेजका सहायक कलेज प्रमुख नवराज चौलागाई, विद्यालयका सहायक प्रिन्सिपल नमराज दाहाल, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रामेश्वर त्वाँति, जिल्ला ट्राफिक कार्यालयका प्रमुख सन्तोष धजु , एपिएफ क्लबका व्यवस्थापक तथा अन्तराष्ट्रिय भलिवल रेफ्री, सशस्त्र प्रहरी निरिक्षक श्री बिजय के.सी., शिर मेमोरियल हस्पिटल, रेयूकाई एईको मासुनागा आँखा अस्पताल, ऋध्ऋ पोलिक्लिनक, सिर इमरजिङ्ग, बनेपा हेल्थ केयर तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । एस.ई.ई दिएर बसेका विद्यार्थीलाई सही मार्गमा हिडाउन र खेलकुद मार्फत् अनुशासन कायम राख्न सो प्रतियोगिता आयोजना गरिएको हो ।