करेन्ट लागेर पाँचखालमा एक जनाको मृत्यु, एक जना घाइते


मेचीकाली

काभ्रे– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१२ सेरा गाउँमा धान रोप्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शनिबार दिउँसो करिब २ बजे ६१ वर्षीय कान्छा दनुवार आफ्नै खेतमा धान रोपिरहेका बेला पानी तान्न प्रयोग गरिएको मोटर (पम्प) को नांगो विद्युतीय तार पानीमा डुबेको अवस्थामा त्यसबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घाइते दनुवारलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याइए पनि अपराह्न करिब ४ः३० बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

उक्त घटनामा सोही स्थानकी २६ वर्षीया अनु दनुवार पनि करेन्ट लागेर घाइते भएकी छन्। उनको दाहिने हातको बुढी औँलामा चोट लागेको छ। धुलिखेल अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया



थप समाचारहरु