नदिमा हाम्फालेर वृद्ध दम्पति बेपत्ता


मेचीकाली

काभ्रे-काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट आज साँझ सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्।


बेपत्ता हुनेमा मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली रहेका छन्। तिलकुमारी पराजुली बोन म्यारो क्यान्सरका कारण अपाङ्ग रहेको जनाइएको छ।


घटनापछि प्रहरी चौकी पाँचखाल र दोलालघाट प्रहरी , सशस्त्र प्रहरीको टोली परिचालन गरी खोजतलास तथा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया



थप समाचारहरु