मधुरको नेतृत्वमा काभ्रे मोबाइल व्यवसायी संघ


मेचीकाली

धुलिखेल–धुलिखेलमा सम्पन्न काभ्रे मोबाइल व्यवसायी संघको पहिलो साधारणसभा एवं अधिवेशनले मधुर दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । 

अधिवेशनले संघको अध्यक्षमा दाहालसहित सबै पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित दाहाल मोबाइल सफ्ट बनेपाका सञ्चालक हुन् । यसअघि संघको तदर्थ समितिको अध्यक्षमा सत्य श्रेष्ठ रहेका थिए ।

संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्णराम तुलाधार, सचिवमा पवनराज कर्णजित, कोषाध्यक्षमा दामोदर चौलागाई, सह–सचिवमा उत्सव ढुंगाना, सह–कोषाध्यक्षमा बेदप्रसाद तिमल्सेना र सदस्यहरुमा सन्दिप अधिकारी, दिवाकर अधिकारी र प्रतिमा पौडेल सापकोटा निर्वाचित भए । 

साधारणसभाको उद्धघाटन नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेशकुमार घिमिरेले गरेका थिए । उद्घाटन कार्यक्रममा अध्यक्ष घिमिरे, महासचिव छतेन्द्र आचार्य, बाग्मती प्रदेश अध्यक्ष एशिस रिजाल, नेपाल मोबाइल वितरक संघका अध्यक्ष रघु त्रिपाठी, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, बि.एन. ट्रेडर्सका सञ्चालक विष्णु न्यौपाने, नेपाल मोबाइल व्यवसायी महासंघ, काठमाडौं जिल्ला अध्यक्ष जनक बस्नेत, काभ्रे मोबाइल व्यवसायी संघका अध्यक्ष सत्य श्रेष्ठ, उपाध्यक्ष प्रेम दाहाल, सचिव पवनराज कर्णजित, कोषाध्यक्ष मधुर दाहाल लगायतले सूचना प्रविधीको युगमा मोबाइल र संलग्न व्यवसायका चुनौती र अबसरबारे चर्चा गरेका थिए ।


प्रतिक्रिया



थप समाचारहरु