बल्थलीमा २० जनाद्वारा रक्तदान


मेचीकाली

बल्थली–नेपाल रेडक्रस सोसाइटी बल्थली उपशाखाको आयोजनामा आज बल्थलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वर्ष हरिवोधनी एकादशीको दिन उपशाखाले रक्तदान कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा २० जनाले रक्तदान गरेको उपशाखाका सभापति मुकुन्दप्रसाद अर्यालले जानकारी दिए । कार्यक्रम रेडक्रसका पूर्व केन्द्रीय सदस्य कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा रेडक्रस काभ्रेका मन्त्री राजु सिग्देल, सदस्य दामोदर श्रेष्ठ, पनौती ११ का वडा अध्यक्ष विपिन लामा लगायतको उपसिथ्ति रहेको थियो । कार्यक्रममा लड्केश्वर युवा क्लब, जनक प्रसाद तथा शोभा प्रतिष्ठान र थुम्की रिसोर्टले सहयोग गरेका थिए ।

काभ्रेको प्रशिद्ध धार्मिकस्थल लड्केश्वर रहेको बल्थलीमा आज एकादशीको मेला लाग्ने गर्दछ । रेडक्रस उपशाखा बल्थलीले आजसहित २४ पटक रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ ।


प्रतिक्रिया



थप समाचारहरु