बनेपामा सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रम


मेचीकाली

बनेपा -बनेपा चप्लेटी शुभ बिहानी समूहको आयोजनामा पोषण, मानसिक स्वास्थ्य, रजोनिवृत्ति तथा स्वस्थ बुढ्यौलीसम्बन्धी ‘सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रम’ सम्पन्न भएको छ।

शिर मेमोरियल एडभेन्टिस्ट हस्पिटलको प्राविधिक सहकार्यमा आइतबार बनेपा–४ स्थित काभ्रेली बैंक्वेटमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा शिर मेमोरियल हस्पिटलका मनोचिकित्सक डा. जोसेलिन गायरेस, स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. विद्या प्रधानाङ्ग श्रेष्ठ तथा पोषणविद् निकीता शाक्यले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा प्रस्तुतीकरणसहित परामर्श दिएका थिए। डा. जोसेलिन गायरेसको अंग्रेजी प्रस्तुतिलाई पुकार श्रेष्ठले नेपालीमा अनुवाद गरेका थिए।

चप्लेटी समूहका अध्यक्ष सञ्जय मानन्धरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा रज मेमोरियल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. एन्जिला बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन सुरेन्द्र कायस्थले गरेका थिए। कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रम सञ्चालनमा बनेपा मेडिस्टोरबाट महेश कायस्थ, प्याब्सन काभ्रेबाट नारायण जोशी, रोटरी क्लब अफ काभ्रे बनेपा, सरस्वती जीवन योग प्रयोगशालालगायत बनेपा–काभ्रेका विभिन्न संघसंस्थाले सहयोग गरेका थिए।

स्वस्फूर्त रूपमा सहभागी चप्लेटी शुभ बिहानी समूहका सदस्यहरूले कार्यक्रममार्फत एकता, मित्रता र सहकार्यको उदाहरण प्रस्तुत गरेको आयोजकको भनाइ छ। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले समेत समुदायप्रतिको सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु सकारात्मक अभ्यास भएको बताएका छन्। कार्यक्रमको संयोजन नवराज के.सी., दिपेन्द्र बज्राचार्य र प्रदिप कुमार श्रेष्ठले गरेका थिए।

प्रतिक्रिया



थप समाचारहरु