जेन्जी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका कैदी काभ्रेमा पक्राउ


मेचीकाली

काभ्रे – प्रहरीले जेन्जी आन्दोलनको क्रममा विभिन्न जेलबाट फरार रहेका केदीवन्दीलाई पक्राउ गर्ने क्रम जारी राखेको छ । सोही क्रममा जेन्जी आन्दोलनमा फरार रहेका एकजना कैदीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिका वडा नं. १० का २८ वर्षीय प्रकाश श्रेष्ठ रहेका न् । 

जबर्जस्ती करणी सम्बन्धी कसुरका कसुरदार हुन् । आर्थिक वर्ष २०७६÷०७७ मा मुद्दा नं. ३ अन्तर्गत सोलुखुम्बु जिल्ला अदालतबाट कैद सजाय ठहर भए अनुसार श्रेष्ठ केन्द्रीय कारागारमा कैद भुक्तान गर्दै आएका थिए । सोलुखुम्बु जिल्ला अदालतबाट १७ वर्ष कैद सजाय ठहर भएका श्रेष्ठ २०८२ भाद्र २४ गते केन्द्रीय कारागारबाट फरार भएका थिए । 

धुलिखेल नगरपालिका वडा नं. ४ स्थित काठमाडौं विश्वविद्यालय नजिकै श्रेष्ठ लुकीछिपी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले आज अपरान्ह ४ः३० बजेको समयमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला स्थित कारागार कार्यालयमा राखिएको छ ।


प्रतिक्रिया



थप समाचारहरु