काभ्रे-जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको अत्यन्त जरुरी सूचनाअनुसार आगामी कात्तिक २२ गते बिहान ५ बजेदेखि कात्तिक २६ गते बेलुका ९ बजेसम्म जिल्लाभित्र टिपर सञ्चालन गर्न रोक लगाइएको हो।
आसन्न तिहार पर्वका समयमा बीपी राजमार्ग, अरनिको राजमार्गलगायतका सडकमा सवारीसाधनको चाप बढ्ने र त्यसबाट दुर्घटनाको जोखिमसमेत सिर्जना हुन सक्ने भएकाले टिपर सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
यात्रुवाहक सवारीसाधनको आवागमन सहज बनाउने तथा सम्भावित सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको कात्तिक १९ गते बसेको बैठकले उक्त निर्णय गरेको सूचनामा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत तोकिएको अवधिमा टिपर सञ्चालन नगर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।