यल अन्तर सहकारी समन्वय समितिद्वारा दशैं, तिहार तथा नेपाल संवत् ११४७ को शुभकामना आदान–प्रदान


मेचीकाली , 

ललितपुर- यल अन्तर सहकारी समन्वय समितिको आयोजनामा वडा दशैं, शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

ललितपुरको ग्वार्कोस्थित सन राईज क्याफेमा आयोजित कार्यक्रम समितिका अध्यक्ष राजेन्द्र नापितको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा समितिका उपाध्यक्ष उर्मिला सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा यल अन्तर सहकारी समन्वय समितिमा आबद्ध १४ वटै सहकारी संस्थाका अध्यक्षज्यूहरूको सहभागिता रहेको थियो।

त्यसैगरी कार्यक्रममा यल अन्तर सहकारी मेनेजर क्लबका संयोजक तथा तःननि साकोसका व्यवस्थापक विनोद महर्जन, मां बंगलामुखी साकोसका व्यवस्थापक सुनिल महर्जन तथा यल अन्तर सहकारी महिला सञ्जालकी संयोजक मिनरर्वा जोशी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी विभिन्न सहकारी संस्थाका अध्यक्षहरूले वडा दशैं, शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा एकआपसमा शुभकामना आदान–प्रदान गर्दै सहकारी क्षेत्रको एकता, सहकार्य र आपसी समन्वयलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको थियो।

कार्यक्रमको सञ्चालन समितिका सचिव माधव नापितले गर्नुभएको थियो। उहाँले कार्यक्रमको उद्देश्य तथा सहकारीबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा समेत प्रकाश पार्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै सभापति तथा समितिका अध्यक्ष राजेन्द्र नापितले वडा दशैं, शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा उपस्थित सम्पूर्ण सहकारीकर्मी तथा सहभागीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो। उहाँले यल अन्तर सहकारी समन्वय समितिले सहकारी संस्थाहरूबीच सहकार्य, समन्वय र आपसी सहयोगलाई निरन्तर अगाडि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो।

अध्यक्ष नापितले धन्यवाद ज्ञापन गरेसँगै कार्यक्रम औपचारिक रूपमा समापन भएको थियो।

प्रतिक्रिया



थप समाचारहरु