काभ्रेमा वनमा आगो लगाउने ५ जना पक्राउ, ३ जनाविरुद्ध वन मुद्दा


मेचीकाली

काभ्रे-पछिल्लो समय जिल्लाका वन क्षेत्रमा आगलागीका घटना बढेसँगै आगजनीमा संलग्नहरू समेत पक्राउ पर्न थालेका छन् ।

प्रहरीले गत चैत २८ गतेदेखी हालसम्म ५ जनालाई पक्राउ गरेको छ भने २ जनालाई सम्झाई बुझाई गरेर छाडेको छ । पक्राउ परेका मध्ये ३ जनाविरुद्ध जिल्ला वन कार्यालय काभ्रेबाट मुद्दा दर्ता भएको छ ।

मुद्दा चलाइएकामा मन्डन देउपुर ११ का ३१ वर्षीय मैते तामाङ, पाँचखाल नगरपालिका ५ का २५ वर्षीय विकास भुजेल र सविन सुनार रहेका छन् । मैते तामाङले मन्डन देउपुर ११ मा रहेको तर्किनीटार सामुदायिक जंगलमा २०८० चैत २८ गते आगजनी गरेका थिए ।

यस्तै विकास भुजेल र सविन सुनारले पाँचखाल ५ को रातमाटे सामूदायिक वनमा आगजनी गरेको अभियोग छ । वैशाख ४ गते पक्राउ परेकी नमोवुद्ध १ कि ८० वर्षकी आइतीमाया तामाङलाई सम्झाई बुझाई छाडिएको छ भने वैशाख २० गते पक्राउ परेका चौरी देउराली ६ बस्ने ४९ वर्षका लालकुमार सेन ठकुरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा रहेका छन् । 

यस्तो छ पक्राउ र मुद्दा चलाइएकाको विवरण : 

प्रतिक्रिया



थप समाचारहरु