दुई दिनदेखि अस्पतालमा थिए रवि, आज डिस्चार्ज


मेचीकाली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( का सभापति रवि लामिछाने  डिस्चार्ज भएका छन्। युरिन इन्फेक्सनका कारण अस्पताल भर्ना भएका लामिछाने आज डिस्चार्ज भएका हुन् । 

सभापति लामिछाने गत शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए।

सभापति लामिछाने चिकित्सकको निगरानीमा रहने गरी आज डिस्चार्ज भएको डा. गोपाल सेढाइँले जानकारी दिए ।

प्रतिक्रिया



थप समाचारहरु

 

बालेन आज प्रधानमन्त्री बन्दै