नयाँ JAECOO J6T अब बनेपामा


मेचीकाली

 -नयाँ J6T को अधिकतम खुद्रा मूल्य रु. ६८.९९ लाख निर्धारण; सीमित अवधिको लागि विशेष सार्वजनिक मूल्य रु. ६६.९९ लाख कायम। 
-  यसमा सेग्मेन्टमै उत्कृष्ट २२५ एमएम ग्राउन्ड क्लियरेन्स, ४३१ किमि रेन्ज र १९ इन्चको टायरहरू रहेका छन्। 
- बनेपास्थित ओमोडा एण्ड जेइकु (Omoda & Jaecoo) को आधिकारिक शोरुममा टेस्ट ड्राइभ र बुकिङ खुल्ला। 

बनेपा– बनेपाका लागि ओमोडा एण्ड जेइकु सवारी साधनको आधिकारिक डिलर नेक्स्ट जेन अटो (Next Gen Auto) ले आधिकारिक रूपमा जेइकु J6T लाई बनेपाको बजारमा सार्वजनिक गरेको छ। जेइकु J6 को ठूलो सफलतापछि, नयाँ J6T (रियर-ह्विल ड्राइभ) अझ बलियो, बक्सी डिजाइन र परिष्कृत कार्यक्षमताका साथ बजारमा प्रवेश गरेको छ। सीमित अवधिको लागि, ग्राहकहरूले यसलाई विशेष सुरुवाती मूल्य रु. ६६.९९ लाखमा खरिद गर्न सक्नेछन्। 

जेइकु J6T विशेष गरी नेपालको विविध भू-बनोटलाई ध्यानमा राखेर डिजाइन गरिएको हो। अघिल्लो J6 मोडलको तुलनामा यसमा गरिएकामुख्य परिमार्जनहरू यस प्रकार छन्:

 - उत्कृष्ट ग्राउन्ड क्लियरेन्स: सेग्मेन्टमै सबैभन्दा बढी २२५ एमएम (पहिले २०० एमएम थियो)।

 - दमदार ब्याट्री: उच्च प्रदर्शन गर्ने CATL लिथियम आइरन फस्फेट ब्याट्री, जसले ४३१ किमिको ड्राइभिङ रेन्ज प्रदान गर्दछ।

- स्थायित्व र बनावट: १९ इन्चको टायर र ठूलो बडी (४,४३३ एमएम लम्बाई) जसले सडकमा राम्रो सन्तुलन र उपस्थिति जनाउँछ।

 यसको भित्री भाग (इन्टेरियर) मा पनि विलासिताको विशेष ध्यान दिइएको छ। यसमा १५.६ इन्चको विशाल सेन्ट्रल टचस्क्रिन, ९.२ इन्चको इन्स्ट्रुमेन्ट प्यानल, ५० वाटको वायरलेस चार्जर र ८-स्पीकर साउन्ड सिस्टम जस्ता सुविधाहरू रहेका छन्। 

आफ्नो बोल्ड स्टाइल र "अल-रोड" क्षमताका साथ, J6T दिगो विद्युतीय शक्ति र अफ-रोड मजबुती खोज्ने एसयूभी (SUV) प्रेमीहरूका लागि उत्कृष्ट रोजाइ बनेको छ। नयाँ जेइकु J6T अब बनेपास्थित ओमोडा एण्ड जेइकुको आधिकारिक शोरुममा अवलोकन, टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध छ।अन्य थप जानकारीको लागि भनेर ९७०५११३२३६ रहेको छ ।


प्रतिक्रिया



थप समाचारहरु

 

बालेन आज प्रधानमन्त्री बन्दै