काठमाडौँमा‘हिमालय रिम चलचित्र प्रदर्शनी २०२६’ सुरु


मेचीकाली

काठमाडौँ-नेपाल र चीनबीचको चलचित्र तथा सांस्कृतिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित ‘हिमालय रिम चलचित्र प्रदर्शनी २०२६’ काठमाडौँमा सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा आयोजित उद्घाटन समारोहमा विभिन्न चलचित्रका ट्रेलर प्रदर्शन गरिएका थिए । दुई दिने प्रदर्शनीमा चार चिनियाँ चलचित्र ‘ब्लेड्स अफ दी गार्जियनः वाइन्ड राइज इन दी डिजर्ट’, ‘दी लिजेन्ड अफ दी कन्डर हिरोः दी ग्यालेन्ट्स’, ‘दी मास्टर’ र ‘आइ एम ह्वाट आइ एम २’ प्रदर्शन गरिनेछ । 

आयोजकका अनुसार प्रदर्शनीको उद्देश्य चलचित्र प्रविधि, एनिमेसन कला तथा सांस्कृतिक आदान–प्रदानलाई प्रवद्र्धन गर्नु हो। कार्यक्रममा चीनका निर्देशक, कलाकार, प्राध्यापक तथा विद्यार्थीको सहभागिता रहेको थियो । काठमाडौँपछि प्रदर्शनी पोखरामा पनि आयोजना गरिने जनाइएको छ । गत वर्षदेखि सुरु भएको यो कार्यक्रमले दुई देशबीच चलचित्र क्षेत्रको सहकार्यलाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ ।  


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रेमा बस दुर्घटना, ८ जनाको निधन

 

कहिले बन्ला बनेपाको शीत भण्डार ?