आचारसंहिता उल्लंघन गरेर भोट माग्दै मेयर


आचारसंहिता उल्लंघन गरेर भोट माग्दै मेयर
मेचीकाली , 

बनेपा– मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि असोज ११ गतेदेखि नै निर्वाचन आचारसंहिता लागु भइसकेको छ । 

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविपरित स्थानीय तहका पदाधिकारी र कार्यपालिका सदस्यहरु भोट माग्दै हिँड्न थालेपछि असोज २६ गते आयोगले सूचना नै जारी गर्दै स्थानीय तहका पदाधिकारीले आचारसंहिता उल्लंघन गरे कार्बाही गर्ने चेतावनी नै दियो । 

तर, बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यलाई भने न आचारसंहिताले छोएको छ, न आयोगको चेतावनीले नै । आचारसंहिता उल्लंघन गर्दै नगर प्रमुख शाक्य लगातार चुनावी कार्यक्रममा सहभागी हुँदै आएका छन् । हालै मात्र नगर प्रमुख शाक्य नेपाली कांग्रेसबाट काभ्रे क्षेत्र नं. २ (ख) का उम्मेदवार कञ्चनचन्द्र वादेको चुनावी कार्यक्रममा सहभागी भएको तस्वीर सार्वजनिक भएको छ । उनी बनेपाको 'भिन्तुना समूह'मा आवद्ध व्यक्तिहरुसँग मत माग्दिन पुगेका थिए ।

निर्वाचन आचारसंहिता अनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफ निर्वाचित भएको पालिकाभित्र कनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने साथै आफ निर्वाचित भएका स्थानीय तह बाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि) को प्रयोग नगरी आचारसंहिता प्रतिकुल नहने गरी संलग्न हुन सकिने व्यवस्था छ ।

नगर प्रमुख शाक्यमात्र नभई बनेपा नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरु सामाजिक सञ्जालमार्फत कांग्रेस उम्मेदवारको पक्षमा मत मागिरहेका छन् भने नगरभित्रकै चुनावी कार्यक्रममा पनि सहभागी भइरहेका छन् । नगर प्रमुख शाक्यका सचिवालयका कर्मचारीहरुसमेत खुलेआम दलको उम्मेदवारको पक्षमा मत मागिरहेका छन् । कर्मचारीहरु यसरी चुनावी गतिविधि र प्रचारमा सहभागी हुन आचारसंहिताले भने रोक लगाएको छ । 


यस्तो छ आयोगको चेतावनी


प्रतिक्रिया



थप समाचारहरु