नेपाली युवा उद्यमी मन्च काभ्रेपलान्चोकको अध्यक्षमा श्रेष्ठ


मेचीकाली

धुलिखेल- नेपाली युवा उद्यमी मन्च काभ्रेपलान्चोकको दोश्रो बार्षिक साधारणसभाले बर्ष २०२६/२७ को लागि क्षितिज श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यकारी समिति चयन गरेको छ ।

साधारणसभाले  मन्चको निवर्तमान अध्यक्ष आशिष हुमागाई, प्रथम उपाध्यक्षमा जुलिया श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रोहित श्रेष्ठ चयन गरेको।हो । कार्यकारी समितिको सदस्यहरूमा रोजन श्रेष्ठ, हेभन श्रेष्ठ, श्रेया श्रेष्ठ, सृजल रञ्जित, अजय थापा, सुजल मानन्धर र सुशान्त थपलिया चयन गरेको हो । बर्ष २०२६/०२७ को पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले आफ्नो एक बर्षको कार्यअवधिमा आर्टिफिसियल इन्टेलिजेन्स ( र डिजिटल टूल्सको प्रयोगमार्फत युवा उद्यमीहरूमाझ नयाँ सम्भावनाहरूको खोजी गर्ने र उद्यमशीलतालाई थप सहज एवम् प्रभावकारी बनाउन विशेष कार्य गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा कार्यकारी समिति सदस्य अजय थापाले  संस्थाले बर्ष २०२५/०२६ मा गरेका विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरूको प्रतिवेदन प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष सुदिप घिमिरे, निवर्तमान केन्द्रीय अध्यक्ष कुशल सुन्दर श्रेष्ठ, काभ्रेपलाञ्चोकका संस्थापक अध्यक्ष ज्योत्सना सैंजु, द्वितीय उपाध्यक्ष जुलिया श्रेष्ठ लगायतले मन्चले सन्चालन गरेका कामहरुको बारेमा चर्चा गरेका थिए ।

मन्चले बर्ष २०२५/०२६ मा योगा, बृक्षारोपण, विभिन्न जात्रा तथा पर्वमा खानेपानी वितरणलगायतका सामाजिक कामहरु गरेको जनाएको छ ।

प्रतिक्रिया



थप समाचारहरु