Saturday, 28 January 2012 02:17 am, Nepal

प्रमुख समाचार

राष्ट्रको एकता, अखण्डता र स्वाभिमान बचाउन राष्ट्रपतिको आग्रह

मेचीकाली : 2012-01-27 19:51:05

गजुरी (धादिङ), १३ माघ : राष्ट्रपति रामवरण यादवले राष्ट्रको एकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमान बचाउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । धादिङको बैरेनी गाविस–९ मा रहेको बागेश्वरी उच्चमाध्यमिक विद्यालयको स्वर्ण महोत्वसको उद्घाटन गर्दै राष्ट्रपति यादवले सो कुरा बताउनुभएको हो ।

पुरा पढ्नुहोस्


संविधानसभाको म्यादबारेको फैसला पुनरावलोकन गर्न निवेदन दर्ता

मेचीकाली : 2012-01-27 16:49:39

काठमाडौं, १३ माघ : संविधानसभाको म्यादबारे सर्वोच्च अदालतको निर्णय पुनरावलोकन गर्न सरकारले शुक्रबार निवेदन दर्ता गरेको छ । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रधानमन्त्री बाबुराम भट्टराईले निवेदन दर्ता गरेका सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले जानकारी दिए ।

पुरा पढ्नुहोस्

प्रतिपक्षी दलका सभासदद्वारा पाँचौ पटक पनि संसद बैठक अवरुद्ध

मेचीकाली : 2012-01-27 14:51:22

काठमाडौं, १३ माघ : जनसत्तालाई बैधता दिने निर्णय खारेज गर्न माग गर्दै प्रतिपक्षी एमाले, कांग्रेससहित साना दलहरुले आज पनि संसद बैठक अवरुद्ध पारेका छन् । उनीहरुले यसअघि चारपटक सम्म संसद बैठक अवरुद्ध पारेका थिए । सरकारले आफ्नो निर्णय खारेज नगरेसम्म संसद बैठक चल्न नदिने प्रतिपक्षीको अडान रहेको छ ।

पुरा पढ्नुहोस्

Prime

आत्मदाह गर्न खोज्ने १० जना पक्राउ

मेचीकाली : 2012-01-27 19:41:40

काठमाडौं, १३ माघ :मूल्यवृद्धि फिर्ता नभए आत्मदाह गर्ने भन्दै काठमाण्डौंको बबरमहलमा धर्नामा बसेका १० जना युवा विद्यार्थीलाई प्रहरीले पक्रेको छ । मूल्वयवृद्धि फिर्ता नभए शनिवार बेलुकी आत्मदाह गर्ने भन्दै काठमाण्डौंका बिभिन्न क्याम्पसका विद्यार्थी नेपाल आयल निगमको कार्यालय अघि धर्नाम बसेका थिए ।

पुरा पढ्नुहोस्

दुईवटा बस आपसका ठक्कर खाँदा २४ जना घाइते

मेचीकाली : 2012-01-27 14:48:26

नवरपरासी, १३ माघ : पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको रजहर ५ मा भएको सवारी दुर्घटनामा परि २४ जना घाईते भएका छन् । पश्चिमबाट पूर्व गईरहेको नमुना आर्दश उच्च माविको ग १ ख १७५४ नम्बरको स्कुल बस र बिपरित दिशाबाट आउँदै गरेको बा ३ ख २९४३ ल यात्रु बाहक बस एक आपसमा ठक्कर खाँदा २४ जना घाईते भएका हुन् ।

पुरा पढ्नुहोस्

मञ्च र युनियनद्वारा देशभरका जिल्ला शिक्षा कार्यालयमा धर्ना

मेचीकाली : 2012-01-27 14:47:07

काठमाडौं, १३ माघ : अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने माग गर्दै आज नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनले संयुक्त रूपमा देशभरका जिल्ला शिक्षा कार्यालयमा कामकाज रोक्दै धर्ना दिएका छन् । गणतान्त्रिक मञ्चका केन्द्रीय कोषाध्यक्ष दिनेश थापाले दिनुभएको जानकारी अनुसार धर्ना कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म जारी रहनेछ ।

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने ४ जना पक्राउ

मेचीकाली : 2012-01-27 14:45:25

बाँके, १३ माघ : एकीकृत नेकपा माओवादीको भेरी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बाँकेको चिसापानी जाने क्रममा कोहलपुरमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई कालो झण्डा देखाउने ४ जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पुरा पढ्नुहोस्

Dancing

यसपटक १४ घण्टा बढी लोडसेडिङ नहुने उर्जामन्त्रीको भनाइ

मेचीकाली : 2012-01-27 17:34:37

काठमाडौं, १३ माघ : उर्जामन्त्री पोष्टबहादुर बोगटीले यस वर्ष  दिनको १४ घण्टाभन्दा लोडसेडिङ नबढ्ने दावी गर्नुभएको छ । रिपोर्ट्र्स क्लब नेपालले गरेको साक्षात्कारमा मन्त्री बोगटीले आइतबारदेखि मध्य मर्साङदी जलविद्युत आयोजना मर्मतका लागि बन्द गरिने भए पनि लोडसेडिङ नबढ्ने गरी तयारी भइरहेको बताउनुभयो ।

पुरा पढ्नुहोस्

पेट्रोलियम पदार्थमा भाउ घट्यो

मेचीकाली : 2012-01-26 13:06:01

काठमाडौं, १२ माघ : विद्यार्थी आन्दोलन चर्किदै गएपछि पेट्रोलियम पदार्थको मुल्य घटाउन सरकार बाध्य भएको छ । बाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी आन्दोलनकै कारणले पेट्रोलियम पदार्थको मूल्य घटाईएको घोषणा गर्नुभयो । मन्त्रालयका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैया, डिजल र मट्टितेलमा ४ रुपैया र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ८५ रुपैया घटाईएको छ ।

पुरा पढ्नुहोस्

अमेरीकी रक्षा वजेटमा भारी कटौती

एजेन्सी: 2012-01-27 10:56:41

वासिङ्टन, १३ माघ : एक दशकको युद्ध अभियानपछी अमेरिकाले आफनो रक्षा बजेटमा भारी कटौती गर्ने निर्णय गरेको छ । अफगानिस्तान र इराकमा गरिएको सैन्य अभियानमा अमेरिकाले आगामी दश बर्षमा ४ सय ८७ अर्व अमेरिकी डलर कटौतीको घोषणा गरेको हो । साथै आगामी पाँच बर्षमा जल तथा थल सेनामा ९२ हजारको संख्यामा कटौती गर्ने निर्णय पनि गरेको छ ।

पुरा पढ्नुहोस्

प्रहरीको घरमै आक्रमण, १० जना मारिए

एजेन्सी: 2012-01-26 19:40:38

इराक, १२ माघ : मध्यइराकमा अवस्थित दुईवटा प्रहरीको घरमै आक्रमण गर्दा १० व्यक्तिको मृत्युभएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीको सेवामा रहेका ती दुबै प्रहरी नातामा दाजुभाई भएका पनि समाचारमा उल्लेख छ । सो दुई परिवारका महिला र बालबालिकासहित १० जनाको मृत्युभएको प्रहरी र चिकित्सक स्रोतले जनाएको छ ।

पुरा पढ्नुहोस्

 


रहिनन् अभिनेत्री सुशीला रायमाझी

लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो निधन भएको छ । पूरानो बानेश्वर निवासी रायमाझीको दिउसो १ बजे बिएण्डबि अस्पतालमा निधन भएको निर्माता रमेशजंग रायमाझीले जानकारी दिएका छन् । सुशिला रमेशजंगको काकी हुन् ।  रेडियो नाटक हुदै चलचित्र अभिनयमा अब्बल ठहरिएकी सुशिलाको पाठेघर क्यान्सर सम्पूर्ण शरिरमा फैलिएपछी उनी पछिल्लो केही बर्षयता सिकिस्त थिईन् ।

पुरा पढ्नुहोस्

बाबुराम भट्टराईको सरकारले कुन कुरालाई बढी प्राथमिकता दिनुपर्ला ?

शान्ति र संविधान

गठवन्धनको माग

पूराना सहमतिको कार्यान्वयन

सरकारको आयु बढाउने काम


दसौँ आहा गोल्डकपको सम्पूर्ण तयारी पूरा

पोखरा- सहारा क्लब पोखराको आयोजनामा यही माघ १७ देखि २८ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने दसौं आहा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । “खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद, पर्यटन सहरको रुपमा स्थापित गरौँ’’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा  १२ टीमको सहभागिता रहनेछ ।

पुरा पढ्नुहोस्

'राजधानीलाई जातीय संघ होइन, मेट्रो सिटी बनाउनु पर्छ'

-डोरमणि पौडेल
अध्यक्ष, नेपाल नगरपालिका संघ

२०५८ असारदेखि देशभरका स्थानीय निकाय जनप्रतिनिधिविहीन अवस्थामा छन् । जनप्रतिनिधि नहुँदा एकीकृत सम्पत्ति, व्यवसाय, घरबहाल जस्ता करदस्तुर बर्सेनि घट्दै गइरहेको छ । यससँगै ती निकायले आम्दानी पनि गुमाउँदै गएका छन् । चालू आर्थिक वर्षको बजेटसँगै घोषणा भएका ४१ नगरपालिका कार्यान्वयन वा खारेज गर्नेबारे सरकारले कुनै निर्णय गर्न सकेको छैन । यही बेला नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघको भूमिकासमेत कमजोर देखिएको अध्यक्ष डोरमणि पौडेल स्वीकार्छन् । २०४९ र २०५४ मा भएका स्थानीय निकायका दुवै निर्वाचनमा एमालेका तर्फबाट हेटौंडा नगरपालिकाको मेयरमा निर्वाचित पौडेल संघका संस्थापक सदस्य हुन् । नगरपालिकाहरूको वर्तमान अवस्था तथा भविष्यको योजनाबारे पौडेलसँगको कुराकानी :

पुरा पढ्नुहोस्

वर्षान्त सन् २०११ : सामान्य हुनथालेको छ विश्व–अर्थतन्त्र

सन् २०११ बिदा हुन अब एक साता मात्र बाँकी छ । यस वर्षको अरब र अफ्रिकन क्रान्तिले विश्व राजनीतिलाई कहिल्यै नभुलिने पाठ दिएका छन् । यस वर्षको अर्को महत्वपूर्ण पक्ष विश्व–अर्थतन्त्र बनेको छ । वर्षान्तमा सामान्य बन्न थालेको विश्व–अर्थतन्त्रको एक भाग युरोक्षेत्रमा सार्वजनिक ऋण सङ्कटका कारण त्यहाँका केही नेतृत्व ढलेका छन् र यसभित्रै ध्रुवीकरणका रेखा कोरिएको अनुभव भएको छ । कार्नेगी इन्डोमेन्टको इन्टरनेसनल इकोनोमिक बुलेटिनमा उरी दादुस तथा बेनेट स्टान्सिलले ‘‘सन् २०१२ का लागि शुभकामना’’ दिनसकिन्छ त ? भन्ने प्रश्न गर्नुभएको ।

पुरा पढ्नुहोस्

क्यान इन्फोटेक २०१२ सुरु

काठमाडौं–सूचना र सञ्चार क्षेत्रमा भएको नवीनतम् प्रविधिहरुको प्रदर्शनी क्यान इन्फोटेक मेला– २०१२ आजदेखि भृकुटीमण्डपमा प्रारम्भ भएको छ ।सो मेलाको उद्घाटन गर्दै विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले सूचना प्रविधि देशको समग्र विकासको एक महत्वपूर्ण माध्यम भएको र यसबाट सरकारको सुशासन र पारदर्शितामा सघाउ पुग्ने बताउनुभयो । उहाँले देशका ग्रामीण क्षेत्र र महिला वर्गलाई अधिकतम् सूचना प्रविधिमा पहुँच र सहभागिता गराउन प्रधानमन्त्रीको अध्यक्षतामा सूचना प्रविधि परिषद् गठन गरी कार्य प्रारम्भ गरेको जानकारी गराउनुभयो ।

पुरा पढ्नुहोस्

नाइजेरियामा भएको हिंसामा २ नेपालीको जयान गयो

कानो–पश्चिम अफ्रिकी मुलुक नाइजेरियामा शुक्रबार भएको श्रृखलाबद्ध आक्रमणमा दुई नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।  मृत्यु हुने नेपाली हरिप्रसाद भुसाल र राज सिंह भएको नाइजेरियाको अबुजास्थित भारतीय काउन्सिलरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दुवैको नेपाली ठेगाना खुलेको छैन ।

पुरा पढ्नुहोस्

होमस्टे र महिलाको सक्रियतामा गाउँको परिवर्तन

पर्वत– गाउँमा विकास निर्माणका कुरा हुन् वा अध्ययनका कुरा, झैंझगडा कुरा हुन् वा अतिथि सत्कारका कुरा । सबैका लागि परामर्शदाता बनेकी छिन् सुशीला गुरुङ ।चालिस वसन्त पार गरेकी सुशिला बाँचुन्जेल गाउँकै काँंचुली फेर्नमा लाग्ने हठ गर्छिन् । ‘हाम्रो गाउँ गरिबीले पिल्सिए पनि सौन्दर्यले धनी छ,’ उनी साहस प्रकट गर्दै भन्छिन्, ‘यो सौन्दर्यको विदेशमा गए डलरमा किनेर मज्जा लिनुपर्छ, हाम्रो गाउँंमा आए कलासंस्कृतिको मज्जासँगै त्यसको सौन्दर्य सिंत्तैमा लुट्न पाइन्छ ।’

पुरा पढ्नुहोस्

Garib sudhar manch

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो–अपहरणकारी सभासद

सभासद श्यामसुन्दर गुप्ताले व्यापारी अपहरण गराएको प्रमाण समेटिएको भिडियो । भिडियो सौजन्य : नागरिकन्यूज

थप भिडियोहरु