Sunday, 18 November 2018 06:55 pm, Nepal

समाचार संकलन गर्न गएका पत्रकार कुटाई खाएर फर्किए

मेचीकाली : 2011-04-17 17:07:18


सल्यान, ४ वैशाख : समाचार संकलन गर्न गएका सल्यानका दुई पत्रकार निर्धात कुटिएका छन्। सल्यान खलंगास्थित श्रीनगर वजारमा भएको झडपको समाचार संकलन गर्न गएका पत्रकारहरु राजिवकुमार केसी र नविन पौडेल यातायात ब्यवसायीबाट कुटिएका हुन्। आइतबार रुकुमबाट दाङ जाँदै गरेको यात्रृबाहक बसको छतबाट खसेर यात्रु पुस्कर बुढाथोकीको ज्यान गएपछि क्षतिपूर्तिको माग गर्दै पीडित पक्ष र यातायात ब्यवसायीबीच झडप भएको थियो।

सो झडपको समाचार संकलन गरिरहेका पत्रकारमाथिसमेत कुटपिट भएको हो। फोटो र दृश्य छायांकन गरिरहेको अवस्थामा यातायात ब्यावासायीहरुले ती पत्रकारद्वयलाई कुटेका पीडितले बताए। गम्भीर घाइते दुवै जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ।

कुटपिटमा पत्रकारहरुका सञ्चार समाग्रीसमेत तोडफोड भएको छ। पत्रकारमाथि कुटपिट गरेको भन्दै नेपाल पत्रकार महासंघ सल्यानले प्रेस विज्ञप्ति जारी गरी दोषीलाई कारबाहीको माग गरेका छ। महासंघका अध्यक्ष रमेश गौतम र सचिव रेशम डिसीद्वारा प्रकाशित विज्ञप्तीमा पत्रकारको परिचय दिँदादिँदै पनि उनीहरुमाथि कुटपिट गर्नु स्वतन्त्र पत्रकारमाथिको हस्तक्षेप भएको उल्लेख छ।

यो विषयका प्रतिक्रियाहरु

devraj gm:Apr 18, 2011 07:46:32 PM

नमस्कार त्यशारी पत्रकार माथि नै जाइलाग्नु पर्ने ति बस ब्यबशाई को कारण के हो? के ति पत्रकारले त्यहा को रिपोर्ट लिन निषेधित गरियको थियो ?

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु