Wednesday, 26 September 2018 02:49 pm, Nepal

मध्यपश्चिममा खाद्य सङ्कटको सम्भावना

मेचीकाली : 2011-04-11 10:52:37


सुर्खेत, २८ चैत : मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा खाद्य सङ्कटको सम्भावना देखिएको छ । मध्यपश्चिमका १५ मध्ये ११ जिल्लामा खाद्य उत्पादनमा कमी आएपछि खाद्य सङ्कटको सम्भावना देखिएको हो । मध्यपश्चिममा यस आर्थिक वर्षमा सात लाख दुई हजार ६७९ मेट्रिकटन खाद्यान्न आवश्यकता पर्ने भए पनि छ लाख ५५ हजार ९३२ मेट्रिकटन खाद्यान्नमात्रै उत्पादन भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतले जनाएको छ ।

    मध्यपश्चिमका चार जिल्लामा मात्रै पर्याप्त खाद्यान्न उत्पादन भएको छ भने ११ जिल्लामा गहँु, धान र मकैको उत्पादनमा ह्रास आएको छ । समयमा पानी नपरेका कारण तथा उन्नत जातको बीउबीजनको प्रयोग नहुनाले खाद्यान्न उत्पादनमा कमी आएको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका निर्देशक डा श्यामकिशोर साहले बताउनुभयो ।

    उन्नत जातका बीउको प्रयोग गरिएमा २० देखि ३० प्रतिशत खाद्यान्न उत्पादनमा वृद्धि हुने निर्देशकले जानकारी दिनुभयो ।     मध्यपश्चिमको बाँके, बर्दिया, सुर्खेत र दाङ जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन भएको छ । खाद्य सङ्कट हुने जिल्लामा दैलेख, जाजरकोट, प्युठान, रुकुम, रोल्पालगायतका पहाडी जिल्ला रहेका छन् । यसैगरी कर्णाली अञ्चलका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोटमा पनि खाद्यान्न सङ्कट हुने निश्चित छ । कर्णाली अञ्चलमा हरेक वर्ष खाद्यान्न सङ्कट हुन्छ ।

    यस आर्थिक वर्षमा सबैभन्दा कम खाद्यान्न उत्पादन हुम्लामा भएको छ । हुम्लामा नौ हजार ५२४ मेट्रिकटन आवश्यकता भएकामा तीन हजार ३१ मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ ।

कालिकोटमा नौ हजार ४२९ मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ भने उक्त जिल्लामा २३ हजार ३७८ मेट्रिकटन खाद्यान्न आवश्यकता पर्छ । डोल्पामा छ हजार ९४९ मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ । मुगुमा एक हजार ९८६ मेट्रिकटन र जुम्लामा १९ हजार खाद्यान्न उत्पादन भएको छ ।

    बाँकेमा ८८६, रोल्पामा ३० हजार ८८०, रुकुममा ४८ हजार ४२९ मेट्रिकटन, प्युठानमा ३५ हजार ७७६ मेट्रिकटन, खाद्यान्न उत्पादन भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक सहायक कालिकान्त वलीले जानकारी दिनुभयो । सबैभन्दा बढी खाद्यान्न उत्पादन दाङमा भएको छ । दाङमा एक लाख २३ हजार ९३९ मेट्रिकटन उत्पादन भएको छ । यसैगरी बर्दियामा ८८ हजार ९६८ मेट्रिकटन उत्पादन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु