Wednesday, 25 April 2018 08:15 pm, Nepal

विद्यालयका प्रअ मृत अवस्थामा

मेचीकाली : 2011-04-04 09:02:58


गुल्मी, २१ चैत : गुल्मीको अर्खवाङ–९ घर भई बागलुङको राजपुत गाविसको कुडुला गाउँमा रहेको पञ्चासे देउराली प्राविमा प्रधानाध्यापक रहेका ५५ वर्षीय सन्तबहादुर केसी बागलुङमा मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ दर्लिङ खोलाको एक भट्टीमा बास बसी बिहान चिया पिएर हिँडेका केसी बागलुङको दर्लिङ–३ मौरीभिरमा मृत अवस्थामा फेला परेको बुर्तिवाङ प्रहरी चौकीले जनाएकोे छ । मृतक केसीको देब्रे खुट्टा भाँचिएको र शरीरमा चोट देखिएकाले कसैले हत्या गरेको हुनसक्ने मृतकका भाइ कृष्णले आशङ्का गरेका छन् ।
शव परीक्षणका लागि बुर्तिवाङ ल्याइएको र घटनाको थप अनुसन्धान गर्न बुर्तिवाङवाट प्रहरीको टोली घटनास्थल लागेको प्रहरीले जनाएको छ । मृतक केसी बुर्तिवाङ स्रोत केन्द्रबाट तालिम सकेर घरतर्फ फर्कंदै गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु