Monday, 18 December 2017 02:59 am, Nepal

उद्धारका लागि गुहार्दै छिन् अज्ञात स्थलबाट एक चेली

मेचीकाली : 2011-03-29 12:52:11


    उदयपुर, १५ चैत : अज्ञात स्थानबाट एक महिला आफूलाई मुक्त गरिदिन गुहार्दै छिन् तर उनी कहाँ छिन् अहिलेसम्म थाहा छ्रैन । उदयपुरको खाँबु गाउँ विकास समितिकी एक विवाहित महिला आइतबारदेखि साथीभाइको लहैलहैमा लागेर बेपत्ता भएपछि उनले अज्ञातस्थलबाट टेलिफोनमार्फत आपूmलाई छिटोभन्दा छिटो छुटाउन आफन्तहरुलाई गुहारिरहेकी छिन् । अन्तरजातीय विवाह गरी सिराहा घर भई उदयपुरको जाल्पाचिलाउने गाविस वडा नं १ माइत भएकी २२ वर्षीया अनिता राई (पासवान) साथीभाइको लहैलहैमा लाग्दा त्यस्तो अवस्थामा पुगेकी हुन् ।

    सिराहा घरबाट बर्दिवासमा राम्रो काम खुलेको भन्दै अनिता भन्ने एक महिलाले फकाएर तीनदिन अघि हिँडेकी राईले उनको आमाजू ज्ञानु पासवानलाई अपरिचित फोन नम्बरबाट सोमबार बेलुकी आपूm एकान्तको पक्कीघरमा बन्धक बनेर रहेको अवस्थामा रहेको जानकारी दिएको राईकी दिदी सरिता राईले बताइन् ।

    राईले मोबाइलबाट आपूmलाई घरबाट हिँडाउने अनिता नै नाम गरेको केटीले अज्ञात स्थलमा रहेको सो पक्कीघरमा पाँच पुरुष र दुई महिलाको साथ छाडेर ऊ भने बेपत्ता भएकाले आपूmलाई छिटोभन्दा छिटो उद्धार गर्न आमाजूसमक्ष अनुरोध गरेकी थिइन् ।

    आमाजू पासवानका अनुसार आपूm घरबाहिर गएको समयमा हिँडेकी बुहारीेले एक्कासि त्यसरी फोन गरेकाले प्रहरी र माइती नेपालमा तुरुन्तै फोन गरेको र आपूmहरु पनि खोजीमा लागेको बताउनुभयो ।

    बेपत्ता राईको सात वर्षको छोरी र दूध खाँदै गरेको एक डेढवर्षको छोरा रहेको छ ।

यो विषयका प्रतिक्रियाहरु

process:Apr 1, 2011 10:40:00 AM

ukta mahila lai chado bhanda chado khoji karya gari ghar ma bujhaunu parda6

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु