dashain
Wednesday, 17 October 2018 06:14 pm, Nepal

गुडिरहेको बसभित्र बम विष्फोट

मेचीकाली : 2011-03-25 14:41:18


१० जना घाइते, ७ को अवस्था गम्भीर

रौतहट, ११ चैत : रौतहटको भेडीयाही चौकमा शुक्रबार मध्यान्ह यात्रुबाहक बसमा विष्फोट हुँदा १० यात्रु घाइते भएका छन् । ती मध्ये गम्भीर सात जनाको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । सदरमुकाम गौरबाट चन्द्रनिगाहापुरका लागि छुटेको बा २ ख ५७२१ नम्बरको महाराज ट्राभल्सको पछिल्लो सिटमा राखेको सकेट बम मध्यान्ह साढे १२ बजे भेडीयाही चौकमा पडि्कएको प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए ।

यसैगरी शुक्रबार नै सदरमुकाम गौरस्थित महिला विकास कार्यालयमा पनि बम विष्फोट भएको छ । विष्फोटबाट कुनै मानवीय क्षति भएन ।

दुवै विष्फोटको जिम्मा कसैले लिएका छैनन् । प्रहरीले विष्फोटका घटनाको अनुसन्धान सुरु गरिसकेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु