dashain
Wednesday, 17 October 2018 03:58 pm, Nepal

माओवादी कार्यकर्ताले जग्गाधनी कुटे

मेचीकाली : 2011-03-25 09:19:22


गुलरिया, ११ चैत :  जोतभोग गरेको जग्गा खरिद गरेको भन्दै सत्तारूढ माओवादी समर्थकले राजापुर मुढैयाका जग्गाधनीलाई कुटेका छन् । इलाका प्रशासन राजापुरका प्रमुख धर्मराज न्यौपानेका अनुसार माओवादी कार्यकर्ताले बिहीबार जग्गाधनी जगतराम र मंगल थारूलाई कुटेर घाइते बनाएका हुन् । कुटाइबाट टाउकोमा गम्भीर चोट लागेका थारूद्वयको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनका अनुसार माओवादी स्थानीय नेता मसालको नेतृत्वमा आएका कार्यकर्ताले थारूद्वयलाई जग्गा किन किनेको भन्दै कुटेका थिए ।

साताअघि माओवादी भ्रातृ संगठनले राजापुरको मुढैयामा करिब डेढ सय बिघा जग्गामा झन्डा गाडेर कब्जाको घोषणा गरेको ठाउँमा थारूमाथि आक्रमण भएको इलाका प्रशासनले जनाएको

छ । भूमिहीन किसानले जग्गा वर्षौंदेखि जोतभोग गर्दै आएको भन्दै बेचबिखन नगर्न जग्गाधनीलाई उर्दी जारी गर्दै आएका छन् । माओवादी जिल्ला सहइन्चार्ज कविरले आफ्ना कार्यकर्ताले कसैलाई नकुटेको दाबी गरे । उनले भने, वर्षौंदेखि जोत्दै आएका जोताहाले जग्गा नबेच्न किसानलाई उर्दी गर्दागर्दै खरिद गरेकोमा आक्रोशमा कुटपिट गरिएको हो ।

कुटाइबाट घाइते भएकाले प्रहरीसमक्ष कारबाहीको माग गरेका छन् । इलाका प्रमुख न्यौपानेले आक्रमणमा संलग्नलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताए । घटना सदरमुकाम गुलरियादेखि करिब ४५ किमि पश्चिममा छ ।

यो विषयका प्रतिक्रियाहरु

rabin:Mar 26, 2011 06:25:07 PM

maoist are not all the time good, its good to come on politics, but not to come to the definition, yes now they are in politics, but they dont have right to pusnish the nepali people, can we punish any rubbish maoist? will they support? no, cause they always think are great only. thanks

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु