dashain
Wednesday, 17 October 2018 07:27 am, Nepal

सुदलाई फेरि कालोझण्डा

मेचीकाली : 2011-03-22 18:15:10


भारतीय सहयोग रोक्ने सुदको चेतावनी

गुल्मी, ८ चैत : आफ्ना कुटनीतिज्ञलाई अपमान नगर्न भारतले दिएको पटकपटको दबाबका बाबजुद भारतीय राजदूत राकेश सुदले आज पनि कालोझण्डासहित विरोधको सामना गर्नुपरेको छ । कालोझण्डाको सामना गर्नुपरेपछि सुदले भारतीय दुतावासमार्फत हुँदै आएको सहयोग रोक्ने चेतावनीसमेत दिए ।  गुल्मी जिल्लामा भारतीय राजदुतावासको सहयोगमा निर्माण सम्पन्न भएका श्रृङ्गेश्वर क्याम्पस बलेटक्सार र तम्घासको रेसुङ्गा माविको भवन उद्घाटन गर्न आएका राजदुत सुदलाई माओवादी कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध गरेपछि त्यसको प्रतिकारमा सुदले विकास रकम रोक्ने चेतावनी दिएका हुन् ।

यसअघि सोलुखम्बुलगायतका जिल्लामा पनि सूदलाई माओवादी कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए । राजदुत सुदलाई माओवादी कार्यकर्ताले सदरमुकाम तम्घास र दुविचौर गाविसमा कालो झण्डा प्रदर्शन गर्दै विरोधमा नाराबाजी गरेका थिए । सुदले गुल्मीको बलेटक्सारमा १ करोड ९० लाखको लागतमा निर्माण सम्पन्न भएको श्रृङ्गेश्वर क्याम्पस भवन, ८१ लाख २९ हजारमा निर्माण सम्पन्न भएको तम्घासको रेसुङ्गा भवनको आज उद्घाटन र झण्डै २ करोडको लागतमा निर्माणाधिन रेसुङ्गा क्याम्पसको पुस्तकालय भवनको निरिक्षण गरेका थिए । 

यो विषयका प्रतिक्रियाहरु

Pankaj:Mar 23, 2011 10:52:36 AM

बिकाश को काम को बिरोध गर्नु हुदैन . राजनैतिक हस्तछेप को मात्र बिरोध गर्ने बनि बसालौ है साथी हो . बिकाश को लागि किन चीन संग मात्र आश गर्ने भारत बाट लिए के हुन्छ.

bijay:Mar 23, 2011 10:15:48 AM

यो त कुकुर हो .यस्तो सहयोग हामीलाई चैदैना .चोर

daya sagar tamang:Mar 23, 2011 08:10:31 AM

चीन ले दिन्छ नि सहयोग, भारतको आफ्नो स्वार्थको लागि दिएको सहयोग चाहिएन ....

maobadi:Mar 23, 2011 02:22:30 AM

यसलाई त जुताले हानेर मुख फुटाइ दिएअको भए हुन्थ्यो
विस्तार बाद गधा तेरो नेपाललमा काम छैन तराई भरत मा जा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु