dashain
Wednesday, 17 October 2018 05:52 pm, Nepal

जिप दुर्घटनामा चार जनाको मृत्यु

मेचीकाली : 2011-03-22 10:47:20


स्याङ्जा, ८ चैत : स्याङ्जाको केवरे भन्ज्याङ ४ मा ग १ ज ४६५९ नम्बरको जिप मंगलबार विहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।दुर्घटनामा स्याङजा कुवाकोट ३ का ५५ वर्षीय तुल्सीराम उपाध्याय, कुवाकोट ५ का ५३ वर्षीय उदयबहादुर सिंजाली, कुवाकोट १ की १५ वर्षीया लक्ष्मी थापाको मृत्यु भएको हो । मृतक ६० वर्षीया बृद्धाको भने नाम नखुलेको प्रहरीले जनाएको छ । स्याङ्जाको बालिङबाट रत्नपुरका लागि छुटेको जिप केवरे भञ्जाङको बिरुवा भन्ने स्थानमा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते १२ जनामध्ये ४ जनाको अवस्था गम्भीर छ । घाईतेहरुको वालिङ जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

यसैबीच रुपन्देहीको बुटवल १२ बेस क्याम्पमा लु १ त ८२४१ नम्बरको ट्याक्टर आज विहान दुर्घटना हुँदा देवदह ९ चरङ्गे निवासी अन्दाजी १६ वर्षका दिनेश गुरुङको मृत्यु भएको छ

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु