Saturday, 24 June 2017 11:06 pm, Nepal

"परदेशी को माया"

मेचीकाली : 0000-00-00 00:00:00


प्यारी मान्छे,
यो अनमोल जीवन को कहाली लाग्दो यात्रा मा एक्लै हिंड्ने आट छैन। त्यसैले तिम्रो शहयात्री बनेर हिंड्ने मेरो चाहना, आत्मा भित्र उब्जिएको सही सत्य लेख्दै छु नसम्झिनु यस्लाई बाहना, प्यारी मान्छे,मान्छेको मन भित्र यस्ता इच्छा अनी चाहना जन्मिदा रहेछन। जस्लाई चाहेर पनि बाहिर प्रस्फुटित गर्न नसकिने रहेछ। आज जीवन का २३ औ बसन्त मा पाइला टेक्दा सम्म मैले तिमी जस्तो निस्चल मन भएकी प्यारी मान्छे भेटेको थिएन। र आज सम्म मैले सोचेको पनि थियिन कि मेरो जीवन पनि कसैको सहयात्री बन्ने छ भनेर। शायद उमेर मा परिपक्वता न आएर पनि होला। या त मेरो भाग्य मा नजुरेको भएर पनि होला। नत मैले आज सम्म कसै को नाम मा कलम चलाएको थिए र न त चलाऊने नै छु। मेरो पहिलो अनी अन्तिम भन्न मिल्छ भने प्रेम पत्र तिम्रो नाममा। आन्तरिक मन बाट उब्जिएका इछ्या अनी चाहना लाई दुई शब्दमा कलम र कपीको शाहरा लिएर समेटेको
छु। हुन सक्छ भने झर्को नमानी कन पढि देउ है।

प्यारी मान्छे,मानब जीवनको यो अनन्त यात्रा मा जन्मे देखी मृत्žयु सम्म बाँच्न का लागि कसैको साहरा चहिदो रहेछ। जन्म पस्चात बाल्याबस्था देखी लिएर किशोराबस्था सम्म आइ पुग्दा आमा बाबु को न्यानो काख र स्नेहको छ्हारीमा बित्दा रहेछन जिन्दगीका पल हरु। त्यस पछी तरुनाबस्था मा आइ पुग्दा जिन्दगी ले कोल्टे फेर्दो रहेछ। अनी मानिसका मनमा अनेक तरहका इछ्या अनी आकान्छ्या का अंकुर हरु पलाउदा रहेछन। त्यस पछी आमा बाबु को माया र ममतालाई मन को एक कुना मा अलगै राखेर मन भरी अपरिचित मान्छे को माया सजाउने इक्छ्या जन्मदो रहेछ त्यसैले होला जुन दिन देखी मैले तिमी लाई देखे त्यसै दिन देखी तिम्रो चरित्र माथि मेरा नयन हरु लुका मरी खेलीरहन्थे। मलाई थाहै थिएन कि तिम्रो चरित्र अनी मिठो बोली बाचनले मेरो अन्तर आत्मा मा पौडी खेल्न थालेछन। तिम्रै बारेमा सोच्दा-सोच्दै दिन हरु बितन थाले। अनी आँखा हरु तिम्रै पर्खाइ मा टोलाउन थाले। शायद यसै लाई भन्छन होला माया।

प्यारी मान्छे,कसैले कसैलाई माया गर्नु पाप त होइन नि? तर सोच्छु कतै मेरो सोचाइ गलत त हुने होइन। हुन त मलाई के थाहा कि तिम्रो मन मा म प्रती त्यस्तो सोचाइ छैन पनि होला। फेरी तिमी जस्ती सिल सोभाब भएकी मान्छे लाई माया गर्ने अरु पनि त हुन सक्छन नि। तर यो हुनै सक्दैन किन कि आज भन्दा अगाडि नत मेरो जीवन मा यो दिन आएको थियो न त मैले आफ्नो अन्तर आत्मा मा कसैलाई सजाएको थिए। सजाएको छु त केबल तिमीलाई बस। तिम्रो जीवन साथी बनेर जीवन बिताउने सुनौलो भबिस्य को सपना एदी यो धर्ती मा भगवान साछी छ भने अपुरो नहोला। हुन त म देखन मा तेत्ती राम्रो पनि छैन। न त म सँग धन सम्पत्ति नै छ। बस छ त केबल निस्छल माया ले भरिएको मन। प्यारी मान्छे तिम्रो मन को कुनामा थोरै ठाउँ बास मागेको छु। तिमीले गलत नसोचे मा म आफु लाई भाग्यमानी ठान्ने थिए। अन्त्य मा मलाई हेर्ने तिम्रा आँखा मा स्नेह का अंकुर हरु पालाउन् भनी भगवान सँग प्रार्थना गर्दै कलम बन्द गर्छु।
उही तिम्रो
"प्यारो मान्छे"
परदेश बाट,[email protected]

यो विषयका प्रतिक्रियाहरु

LOVELY RAJAN:Jul 10, 2016 06:14:59 PM

nice letter bro

bikah adhikari m:Oct 30, 2009 11:29:30 AM

ramro 6 tapai ko vanai malai pani khushi lagyo ni mancheeee

alok thapa:Oct 29, 2009 10:12:37 AM

jindagi vanekai yatra rahe 6. gantabyama pugna pani sakin6, napugna pani. ani kahile kahi nasocheko durghatana pani hudo rahe6. tetibela afula afailai nai samhalna garho hudo rahe 6.

puran kumar rana:Oct 26, 2009 12:58:41 AM

congratulation {pyero manchha}

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु