dashain
Monday, 15 October 2018 04:40 pm, Nepal

आगलागीबाट मुसहर बस्ती स्वाहा

एजेन्सी : 2011-03-05 16:37:20


राजविराज, २१ फागुन : सप्तरीको पिप्रापूर्व गाविसमा आज दिउँसो भिषण आगलागी हुँदा मुसहर बस्ती स्वाहा भएको छ । पिप्रापूर्व–७ मुसहरी बस्तीका जिबु सदाको भान्सा कोठाबाट सल्केको आगोले शिवनारायण सदा, श्याम सदा, अवध सदा, सूर्यनारायण सदा, भरत सदा, कुलेचन सदालगायत २० परिवारको २६ घर जलेर नष्ट भएको पीडितहरुले बताएका छन् । आगलागीबाट करिब रु ४५ लाख बराबरको सम्पत्ति क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    आगलागीले भिषण रुप लिएपछि सप्तरी सदरमुकाम राजविराजसहित लहान र इटहरीबाट बोलाइएका बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको प्रयत्नबाट आगो नियन्त्रणमा लिएको प्रहरी निरिक्षक रमेश तामाङले जानकारी दिए  ।

    फागुन महिनाको अन्त्यतिर सुरु भएको हावाहुरीले जिल्लामा आगलागी हुने क्रम बढ्न थालेको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु