dashain
Wednesday, 17 October 2018 01:32 am, Nepal

एकैघरका चारको हत्या

मेचीकाली : 2011-03-02 11:28:17


सुनसरीमा दुईको विभत्स हत्या

रोल्पा, १८ फागुन : रोल्पाको दुविडाँडा गाविस वडानं. ३ निवासी नारायण घर्तीले एकै घरका चार जनाको हत्या गरेका छन् । छिमेकी २१ वर्षीय टोपबहादुर बस्नेतका साथै उनकी २० वर्षीया श्रीमती टेकमती,६ महिनाकी छोरी कल्पना र सोही घरमा बस्दै आएका अर्का छिमेकी चन्द्र बहादुर थापाको हत्या भएको राप्ती अञ्चल प्रहरी कार्यालय  तुलसीपुरले जनाएको छ । मंगलबार राति १ बजेतिर घटना भएको प्रहरीले जनाएको छ । हत्याका अभियुक्त घर्ती टेकमतीका बुवा रहेको प्रहरीले जानकारी दिएको छ ।

घरायशी विवादका कारण घटना भएको र घर्तीलाई पक्राउ गरिसकेको प्रहरीले बताएको छ । मृतक सबैको टाउकोमा चोट लागेको छ । कुन हतियार प्रहार गरी हत्या भयो भन्ने बिषयमा अझै खुल्न नसकेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

सुनसरी– सुनसरी जिल्लाको मधेसा–९ मा गएराति आमाछोरीको विभत्स हत्या भएको छ । आज बिहानै छिमेकीले २४ वर्षीया आमा टीका पौडेल र तीन वर्षीया छोरी आशिका नउठेपछि खोजी गर्दा उनीहरू मृत फेला परेका थिए । आमालाई घरमा नै झुन्ड्याएर मारेको अवस्थामा र छोरीको टाउको हिलोमा गाडेको अवस्थामा मृत फेला पारिएको थियो । प्रहरी उपरीक्षक भूपालकुमार भण्डारीले घटनाको प्रकृति हेर्दा उनीहरूको हत्या भएको अनुमान गरिएको बताए ।

    घटनाको खबर पाएर त्यहाँ पुगेको प्रहरीले टीकाका श्रीमान् र कान्छी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको पनि प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिए ।   दुई श्रीमती भएका पौडेलकै कारणले उनीहरूको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु