dashain
Monday, 15 October 2018 04:40 pm, Nepal

नाटकमा मरेको अभिनय गर्दागर्दै मृत्यु

मेचीकाली : 2011-03-02 08:21:00


राजविराज, १८ फागुन :  नाटकमा मृत्यु भएको अभिनय गर्दागर्दै सप्तरीमा एकजनाको मृत्यु भएको छ । सप्तरीको डिमन गाविस वडा नं ९ मा गएराति रामलीला नाटकमा रावणको भूमिका निर्वाह गर्ने सप्तरीको मल्हनिया वडा नं १ का अटल मण्डलको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । नाटकमा रामले चलाएको तीर लागेर भुइँमा ढलेका मण्डल लामो समयसम्म नउठेपछि साथीहरुले उठाउँदा मृत्यु भइसकेको बताइएको छ । उनको उच्च रक्तचापका कारण मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु