Wednesday, 23 May 2018 03:10 am, Nepal

अस्पतालको क्वाटरमा हिटर बालेपछि मोबाइलको उज्यालोमा सुत्केरी

रासस : 2011-02-23 10:55:56


पर्वत, ११ फागुन : जिल्ला अस्पताल पर्वतमा मोबाइलको उज्यालोमा एक महिलालाई सुत्केरी गराइएको छ । अस्पतालको प्रसूति कक्षमा वैकल्पिक विद्युत्को व्यवस्था नहुँदा क्याङ गाविसकी  पुष्पा पुनमगरलाई गएराति मोबाइल फोन सेटको उज्यालोमा सुत्केरी गराइएको हो । अस्पतालका इनडोर र क्वार्टरमा हिटर बालेका कारण पावर सप्लाई कम हुँदा मोबाइल बालेर सुत्केरी गराउन परेको अस्पतालले जनाएको छ ।

अँध्यारोमा सुत्केरी गराउँदा धेरै जोखिम हुनसक्ने भएकाले बाध्य भएर यस्तो विकल्प अपनाउनुपरेको अनमि  अम्बिका गुरुङको भनाइ छ ।

जिल्ला अस्पतालका  निमित्त प्रमुख डा. पुष्पराज पौडेलले अस्पतालमा एक दिन यस्तो समस्या आएको भए पनि  अहिले  बिजुलीको व्यवस्था गरिसकेको दावी गरे ।

रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु