dashain
Monday, 15 October 2018 04:58 pm, Nepal

'भारत शान्ति प्रक्रिया विथोल्ने प्रयासमा'

मेचीकाली : 2011-02-22 17:25:04


बर्दिया, १० फागुन : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत लगायतका देशी विदेशी शक्तिहरू नेपालमा संविधान बन्न नदिन र शान्ति प्रक्रिया विथोल्न लागिपरेको आरोप लगाएका छन् । बर्दिया माओवादीद्धारा जनयुद्धको माइतीगाउँ सोरहवा-२ जगतियामा मंगलबार आयोजित भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने ‘जनताको संविधान बन्न नदिन र शान्ति कायम हुन नदिन भारतलगायतका विदेशी दलाल र प्रतिक्रियावादी तत्वहरुले षड्यन्त्र गरिरहेका छन्, त्यसले हाम्रो स्वाभिमान र राष्ट्रियता संकटमा परिरहेको छ ।’

उनले विदेशी दलाल र चाकडी गरेर बस्न चाहने तत्व देशमा स्थापित हुने खतरा बढेको भन्दै जनता आन्दोलनमा उत्रनु पर्ने बताए ।

प्रचण्डले भने माओवादी र राष्ट्रियताविरुद्ध षड्यन्त्र  भइरहेको छ । त्यसकाविरुद्ध खबरदारी गर्न नेपाली जनता संघर्षमा उत्रिनुको विकल्प छैन ।’

माओवादी अध्यक्ष प्रचण्डले विदेशीकै इशारामा चल्ने राजनीतिक दलहरुका कारण सरकार गठनमा ढिलाइ भइरहेको बताए । यसअघि शहिद तथा बेपत्ता परिवारसँगको साक्षात्कारमा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो समर्थनमा बनेको एमालेको सरकार रहिरहे सहिद बेपत्ता परिवारलाई रु। १० लाखका दरले राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु