dashain
Monday, 15 October 2018 04:38 pm, Nepal

पत्रकारलाई ज्यानमार्ने धम्की दिने पत्रकार नै !

मेचीकाली : 2011-02-21 10:45:12


धम्की दिने प्रहरीको खोरमा

मोरङ, ९ फागुन : लामो समयदेखि एसएमएसबाट ज्यानमार्ने धम्की दिएर मोरङ पथरी–१ का पत्रकार अर्जुन जम्नेली राईलाई विस्थापित बनाउने कार्यमा पत्रकार नै संलग्न रहेको रहस्य खुलेको छ । समाचारको विषयलाई लिएर ज्यानमार्ने धम्कीको अरोपमा प्रहरीले आइतबार पथरीकै पत्रकार विवेक भट्टराईलाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो । गत माघ २१ गतेदेखि समाचारको विषयलाई लिएर स्थानीय युवाहरुले औजार दैनिक पत्रिकाको वितरणमा रोक लगाएपछि एकहप्तासम्म निरन्तर पत्रकार राई र स्वयम् भट्टराईलाई समेत मोबाइलमार्फत ज्यानमार्ने धम्की आएको थियो ।

    साथै क्रान्तिकारी पत्रकार सङ्घ मोरङका अध्यक्ष गणेश लम्साललाई समेत आफ्ना सदस्यलाई जोगाउन चुनौती दिँदै पटकपटक एसएमएसमार्फत धम्की दिइएको थियो । प्रहरीको लामो अनुसन्धानपछि चोरिएको मोबाइलबाट ज्यानमार्ने धम्की दिएर आतङ्क मच्च्याउने व्यक्ति पत्रकार भट्टराई नै भएको तथ्य खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यता पत्रकार राईले भने ज्यानमार्ने धम्की दिनेमा पत्रकार भट्टराईमात्र नभएर उनको पछाडि अरु पनि हुनुपर्ने शङ्का व्यक्त गर्दै चुस्त छानविनका लागि प्रहरीसँग आग्रह गरेका छन् ।

यो विषयका प्रतिक्रियाहरु

Kerriann:Aug 20, 2011 09:17:00 AM

You\'re on top of the game. Thanks for shranig.

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु