dashain
Wednesday, 17 October 2018 12:43 am, Nepal

माओवादी सरकारमा जाने अवस्था छैन : बाबुराम

मेचीकाली : 2011-02-19 14:47:34


बारा, ७ फागुन  : माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले एमालेको छाँटकाँट हेर्दा माओवादी सरकारमा जाने अवस्था नरहेको बताएका छन्। उनले यो सरकार गिराउनुको कुनै तुक नभएको भन्दै यस्तो अवस्थामा बाहिरैबाट समर्थन गर्ने जानकारी पनि दिए। मधेसस्थित राज्य समिति सचिवालयका सदस्यहरुलाई प्रशिक्षण दिने क्रममा शुक्रबार यहाँ आएका बाबुरामले आज पत्रकार सम्मेलन गर्दै भने- मिल्यो भने यही सरकारलाई राष्ट्रिय सरकारको रुप दिन सकिन्छ। यसो नभए पनि शान्ति र संविधानका लागि माओवादीले सहयोग गर्छ।' शान्ति र संविधान कुनै एक दलको एजेण्डा नभएकाले सबैले यसका लागि सहयोग गर्नुपर्ने भनाइ पनि उनको थियो।

त्यसैगरी उनले आफूमा प्रधान मन्त्री बन्ने कुनै चाहना र रुचि नभएको पनि उल्लेख गरे। उनले आज मनाइँदै गरेको प्रजातन्त्र दिवस राजाले पञ्चायत व्यवस्थामा गरेको सामान्य सुधारका लागि मनाइँदै आएको बताउँदै भने- राजा नभएको अवस्थामा यो दिवस मनाउनुको कुनै तुक छैन। जेठ १५ गते मनाइने गणतन्त्र दिवसको मात्र औचित्य रहेको भनाइ पनि उनको थियो।

यो विषयका प्रतिक्रियाहरु

Rajesh:Feb 19, 2011 11:53:53 PM

Above speech by bhattrai, absolutely right there is no meaning for democracy.

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु