Wednesday, 20 June 2018 01:41 am, Nepal

दाहालले भने-हामी जनविद्रोहको तयरीमा छौं

मेचीकाली : 2011-02-13 18:42:12


सरकारमा भने छिट्टै जाने

रोल्पा, १ फागुन : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनविद्रोहको अन्तिम तयारीमा रहेको बताएका छन् । अन्तिम प्रक्रियामा पुगेको शान्ति प्रक्रिया र संविधान लेखनमा अवरोध भए जनव्रि्रोह गर्नुको विकल्प नहुने उनले बताए । १६ औं जनयुद्ध दिवस तथा दशौँ जनमुक्ति सेना दिवसको अवसरमा आइतबार रोल्पाको थवाङमा आयोजित सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष दाहालले जनविद्रोहले सबैखाले सामन्तवादको अन्त्य गरी वास्तविक जनताको सत्ता स्थापना गर्ने बताए ।

 वास्तविक अर्थमा राष्ट्र र जनतालाई स्वाधिन नबनाएसम्म तथा नेपाली जनता स्वतन्त्र र मुक्त नभएसम्म माओवादी लडिरहने उनको भनाई छ ।

जनयुद्धको क्रममा रोल्पा लगायत सबै जिल्लाका जनताको त्याग र बलिदानलाई सँधै सम्मान गर्ने भन्दै दाहालले जनता जागिसकेपछि कागजी बाघको रुपमा रहेको सामन्तवाद ढल्ने निश्चित भएको तर्क गरे ।

नेपालका जनता मात्र नभई संसारभरीका मानिसहरुलाई अन्याय र अत्याचारबाट मुक्ति दिलाउने अभियानमा माओवादी रहेको उनले दावी गरे । अध्यक्ष दाहालले पार्टी भित्रको आन्तरीक विवाद सामान्य भएकाले अन्तर विवादले पार्टी फुट्ने नभएर झनै बलियो हुने बताए ।

अध्यक्ष दाहालले दश बर्षो जनयुद्ध औपचारिक रुपमा अन्त्य भएपनि देशलाई गृहयुद्धमा धकेल्न देशी बिदेशी प्रतिक्रियावादीहरु लागी परेकाले त्यसलाई रोक्न आफुहरुको र्सघष जारी रहनेमा जोड दिए । उनले पार्टीभित्रको बहसले पार्टी बिभाजनको संघारमा पुगेको हो कि भन्ने आशंकाले थबाङका जनताहरुले पटक पटक सहकार्य र सहमतिको राजनीति गर्न सुझाव दिदै मिलेर जान सन्देश पठाएको स्मरण गरे ।

राष्ट्रियता, र्सार्वभौमसत्ता र जनतामाथी कुठराघात गर्ने बिरुद्ध एक हुन दाहालले आहृवान समेत गरे । अध्यक्ष दाहालले सरकार बिहिनताको अवस्थामा माओवादीले निकास दिएकाले छिट्टै सरकारमा सहभागी भई जनताको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु