dashain
Wednesday, 17 October 2018 12:41 am, Nepal

१ सय ५० दलित परिवार २२ बर्षदेखि बन्धक

मेचीकाली : 2011-02-09 16:12:32


५ लाख तिर्न नसक्दा यस्तो हविगत

बाजुरा, २६ माघ : बाजुराको मार्तडी ८ का १ सय ५० दलित परिवार रहेको पुरै वस्तीको घर जग्गा सहित २० वर्षेखि बन्धक बनेका छन् । तत्कालिन समयमा बाजुरा र मुगुमा खाद्य सस्थानको चामल ढुवानीको ठेक्का गर्ने ठेकेदारद्धय दिल बहादुर कार्की र उनकी श्रीमति बालकुमारी कार्कीले सयूक्त रुपमा ०४५ सालमा यस वस्तीका स्थानीय १० जनाको घरजग्गाको मन्जुरीनामा गराएर खाद्य सस्थानमा धरौटी राखेका थिए । त्यस बेला १० जनाको घर जग्गा धरौटी भएपनि धरौटी राख्दा कागजमा पूर्व-पश्चिम, उत्तर-दक्षिण गरि चार किल्लाको क्षेत्र उल्लेख गरिएकोले अहिलेको पुरै बस्ती बन्धक भएको हो ।

 स्थानीय बिनोद बिकका अनुसार हाल वस्तीमा १ सय ५० परिवार संख्या पुगेको छ ।

     खाद्य सस्थानले धरौटी राखिएका १० जनाको मात्र घरजग्गा रोक्का गरेको जनाएको छ । तर धरौटी राखिएको कागजमा १० जनाको नाम मात्र उल्लेख गरिएको भएपनि त्यसै कागजमा  ती १० परिवारको घर जग्गाको अवस्थिती उल्लेख गरिएको चार किल्ला क्षेत्र भित्र हालका सबै घर पर्ने भएकाले पुरै गाउँ रोक्कामा परेको मालपोत कार्यालयका निमित्त प्रमुख लालबहादुर सिंहले बताए ।

ुधरौटी कागजमा उल्लेखित तोकिएको चार सिमा भित्र अहिलेका सबै परिवारका घर जग्गा पर्ने हुनाले सबैको स्वतः रोक्का हुने भयोु सिहले भने । अहिले यस गाउँका बासिन्दाले आफ्नो घर जग्गा बैकिंङ्ग तथा अन्य धरौटीको कारोवार गर्न पाउदैनन् । अत्यन्तै गरीव दलित वस्तीका रुपमा चिनिने उक्त वस्तीका र्सजने लुहार, काल्चे लुहार, भोटे लुहार, जया लुहार, धन चँदारा,  बुँदे चँदारा, काल्चे लुहार, जयवीरे लुहार र वीरजिते लोहारको घर जग्गा धरौटीमा परेको छ भने चार किल्ला तोकिएकाले अहिले पुरै वस्ती बन्धकीमा परेको जया लुहारले बताए ।   

 उनीहरु तीनै जनाले मिलेमतो गरि ठेक्काकालागि आवश्यक पर्ने २ लाख ६० हजार रुपैया मूल्याङ्कन गरि धरौटी राखेको खाद्य संस्थानको कागजमा उल्लेख छ ।  अहिले सो धरौटीको रकम ५ लाख ३७ हजार ७ सय रुपैया पुगेको छ । संस्थानले धरौटी राखिएको जेथाबाटै असुल उपर गर्नु पर्ने बाध्यता रहेको सस्थानका बाजुरा शाखाले जनाएको छ । पीडितहरुले त्यसै बेला देखि सस्थानले धरौटी राखिएको सो जेथा रोक्का गरेकोले आवश्यक पर्दा समेत कुनै प्रयोग गर्न पाएका छैनन् । 'कुन बेला उठ्नु पर्ने हो भन्ने चिन्ताले सधै सताउँछ अरु त कुरै छाडौं,' काल्चे लोहारले दुखेसो गरे ।

 ठेकेदार कार्कीले स्थानीय बासिन्दालाई ललाई फकाई प्रलोभनमा पारेर उनीहरुको घरजग्गा धरौटी राख्न सफल भएको थाहा थाहा भएको छ । पछि कार्कीले ढुवानी गर्नु पर्ने सबै चामल हिना मिना गरेर मार्तडीमा नपुर्याई बीचैमा भागेका थिए । रामेछाप घर भनि परिचय दिएका उनको नागरिकता बझांग जिल्लाको भएको खुल्न आएको छ ।पीडितहरुले लगातार आफूहरुको समस्या राजनीतिक दल लगाएत सरकारी निकायमा समेत जानकारी गराउँदै आएको भएपनि सुनुवाई नभएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु