dashain
Wednesday, 17 October 2018 07:39 am, Nepal

भीरबाट खसेर २ जना महिलाको मृत्यु

मेचीकाली : 2011-02-01 18:29:04


सरीता घर्ति तीन दिनदेखि बेपत्ता

अछाम,१८ माघ :  अछाममा भीरबाट खसेर २ जनाको मृत्यु भएको छ । जिल्लाको भटाकाटिया गा.वि.स. वडा नं. ६ की ६० बर्षीया रती साउद र खप्तड गा.वि.स. वडा नं. ८ की १८ बर्षीय बीना कडायतको घास काट्ने क्रममा भीरबाट खसेर मृत्यु भएको हो । साउदको घटनास्थलमै र कडायतको उपचारको क्रममा स्वास्थ्य चौकी ल्याउदा ल्याउदै बाटोमै ज्यान गएको हो ।

रोल्पा - 
लिबाङ ४ रेउघाकी १३ वर्षीया बालिका सरीता घर्ति तीन दिनदेखि बेपत्ता भएकी छन् । गञ्जलाल घर्तिका साईली छोरी सरीता गत आइतबार साँझ खाना खाएर सुतेपनि बिहान उठ्ने बेला नभएको अभिभावकले बताएका छन् ।

स्थानीय जलजला प्राथमिक बिद्यालय कक्षा ३ मा अध्ययनरत छोरी बेखबर भएपछि अभिभावक चिन्तित भएका छन् । छोरीको खोजी गरिदिन उनीहरुले सबै पक्षलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु