dashain
Wednesday, 17 October 2018 12:42 am, Nepal

यसरी हस्तान्तरण भए माओवादी लडाकू

मेचीकाली : 2011-01-22 16:08:12


-प्रचण्ड र प्रधानमन्त्रीले गरे हस्ताक्षर

-लडाकु हस्तान्तरणको अमेरिकाद्वारा स्वागत

चितवन, ८ माघ : विगत चारवर्षदेखि अस्थायी शिविरमा रहँदै आएका माओवादी लडाकू तथा शिविरहरू औपचारिक रुपमा सरकारको मातहतमा आएका छन् । प्रधानमन्त्री माधवकुमार नेपालले तेस्रो डिभिजन शक्तिखोरमा रहेका माओवादी शिविरमा झण्डोत्तोलन गरेपछि औपचारिकरुपमा विशेष समितिमा आएको घोषणा भएको हो । प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकसाथ बेलुन उडाएर आज दिउँसो ३ बजे औपचारिक हस्तान्तरणको जनाउ दिएका थिए ।

    हस्तान्तरणको घोषणापत्रमा प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादीका अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् । सो पत्रमा माओवादीका तर्फबाट आजैका मितिबाट माओवादी लडाकू सेना समायोजन विशेष समितिको मातहतमा आएको उल्लेख गरिएको छ । सो पत्र सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले पढेर सुनाएका थिए ।

    यसअघि माओवादी जनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुनले आफूहरू सेना समायोजन विशेष समितिमा जान तयार भएको बताउँदै देश र जनताको स्वार्थ र हित भन्दा बाहिर गएर कुनै काम गर्न नसक्ने बताउनुभएको थियो । उनले लडाकू अहिले आफ्नै चेन अफ कमान्डमा रहने बताए ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले माओवादी लडाकूहरूको उचित व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने बताए । उनले लडाकूहरूले विशेष समितिको मातहतमा रहेर उसको निर्देशन र आचारसंहिता मान्नु अनिवार्य हुने बताए ।

    प्रधानमन्त्री नेपालले विगतका तिता र नमिठा कुराहरूलाई बिर्सिएर सहमतिको नयाँ अध्यायमा जुट्न पटकपटक आग्रह गरे ।

    नेपालको शान्तिप्रक्रिया आफ्नै मौलिकता भएको बताउँदै प्रधानमन्त्री नेपालले सहयोग गर्ने सबैलाई धन्यवाद दिए । प्रधानमन्त्री नेपालले विगतमा गरिएको १२ बुँदे समझदारीले नै मुलुक यहाँसम्म आइपुगेको बताए ।

    नेपालको शान्तिप्रक्रिया विश्वकै लागि नौलो र मौलिक किसिमको रहेको चर्चा गर्दै उनले आफ्नो इमान्दारिता देखाए शान्ति र संविधान निर्माण गर्न धेरै समय नलाग्ने बताए ।

    माओवादी लडाकूहरूले पनि शान्ति स्थापना गराउन महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उहाँले व्यक्तिगत रुचि र क्षमताका आधारमा माओवादी लडाकूहरूको समायोजन हुने स्पष्ट पारे । शिविरमा रहेका माओवादी लडाकूसमेत लामो समयसम्म अन्यौलको भविष्य बिताउन नचाहेको बताउँदै तत्काल समायोजन र पुनःस्थापना प्रक्रिया थालिने प्रधानमन्त्रीले स्पष्ट गरे ।  

    शान्तिप्रक्रियालाई निश्कर्षमा पु¥याउन अबेर भइसकेको चर्चा गर्दै प्रधानमन्त्री नेपालले समयको अधिकतम सदुपयोग गर्दै शान्तिप्रक्रियालाई निश्कर्षमा पु¥याउनुपर्नेमा जोड दिए । उनले भने, ‘द्वन्द्वका घाउहरूमा मल्हमपट्टी लगाउन अझै पनि बाँकी रहेको छ, द्वन्द्वका घाउहरू मेटाउन ढिला गर्न हुँदैन ।’

    शान्तिप्रक्रियालाई निश्कर्षमा पु¥याउन आफूहरू सफल हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री नेपालले नेपाल र नेपाली जनताले लोकतन्त्र, बहुदलीय प्रजातन्त्र, स्वाधीनताका लागि धेरै मूल्य चुकाइसकेको समेत प्रधानमन्त्रीले बताए ।

    नेपालको शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै प्रधानमन्त्री नेपालले आगामी दिनमा समेत सबैबाट सहयोगको अपेक्षा गरे । सो अवसरमा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आफूले प्रधानमन्त्री रहेकै अवधिमा जनसेनालाई विशेष समितिको मातहतमा ल्याउने तयारी गरेको भए पनि राजनीतिक अवस्था प्रतिकूल हँुदा सम्भव नभएको बताए ।

    अध्यक्ष दाहालले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन सबै राजनैतिक दल, सेना प्रहरी, जनसेना, विदेशी शुभचिन्तकको साथ रहने विश्वास व्यक्त गरे । सो अवसरमा माओवादी अध्यक्ष दाहालले संविधानसभाबाट आफूहरू संविधान बनाउन प्रतिबद्ध रहेको बताउँदै यसका लागि अन्य राजनीतिक दलहरू पनि इमान्दार हुनुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले दुवै सेनालाई समायोजन गरेर राष्ट्रको बलियो सुरक्षाफौज बनाउनुपर्नेमा जोड दिए । कडा सुरक्षाबीच बिहान पौने एघार बजे शिविर पुगेका अध्यक्ष दाहालले शिविरभित्र रहेका लडाकूहरूसँग अन्तक्र्रिया गरे ।

यसैबीच माओवादी लडाकुको सबै अधिकार सहित विशेष समिति माताहत ल्याउन गरिएको घोषणालाई संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ। शक्तिखोर, चितवनमा लडाकू समिति अन्तर्गत गएको घोषणा गरे लगत्तै काठमाडौंस्थित अमेरिकी दूताबासले एक विज्ञप्ति प्रकाशित गर्दै हस्तान्तरण कार्य ुशान्ति प्रक्रियामा यो सकारात्मक खुड्किलोु भन्दै स्वागत गरेको हो।

लोकतन्त्रप्रति प्रतिबद्धता जनाउँदै लडाकूलाई पार्टीबाट अलग गर्ने माओवादी पार्टीको कार्यलाई अमेरिकाले प्रशंसा गरेको छ। अझ पनि शान्ति प्रक्रियाका लागि अमेरिकी सहयोग दूतावासको विज्ञप्तिमा उल्लेख छ।

अन्तरार्ष्ट्रिय समुदाय तथा नेताहरुलाई साक्षी राखेर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको सहमतिले शान्ति प्रक्रिया, नयाँ संविधान मस्यौदा तथा नयाँ सरकार गठन प्रक्रियालाई सघाउने आशा अमेरिकाले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु