dashain
Wednesday, 17 October 2018 12:40 am, Nepal

मृतकका नाममा भत्ता झ्वाम

मेचीकाली : 2011-01-21 18:07:31


सप्तरी, ७ माघ : सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत दलित, वृद्धवृद्धा, बिधवा, अपाङ्गका लागि उपलब्ध गराएको रकम गाविस सचिवहरुले हिनामिना गरेको भन्दै सप्तरीका ग्रामीण भेगका सर्वसाधारणले सदरमुकाममै आएर विरोध जनाउन थालेका छन् । सप्तरीको कोइलाडी गाविसका सचिव नन्दकिशोर यादवले तीन दर्जनभन्दा बढी मृतक व्यक्तिको नाममा वृद्धभत्ता लिइरहेको भन्दै गाउँलेहरुले आज जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत दिएका छन् ।    गाविस सचिव यादवले सहयोगी कर्मचारीको संलग्नतामा वर्षौदेखि फर्जी भरपाई र कागजात पेस गरी वृद्धभत्ताबापतको रकम हिनामिना गर्दै आएको सो गाविसका निवर्तमान अध्यक्ष अजितकुमार सिंहले जानकारी दिए ।

    सिंहका अनुसार पाँच वर्षअघि मृत्यु भइसकेका वडा नंं ४ का रामउद्गार सिंह, वडा नं. ५ का लक्ष्मण मण्डल, रामप्रकाश सिंह, पदमादेवी सिंह, बालमुकुन्द सिंह, वडा नं. ७ का लखन मुखिया, सिताराम मुखिया, घुटर मुखिया, शारदा मुखिया, बुलन्दीदेवी मण्डल, अन्सारीदेवी मण्डल, महावती मण्डलसहितको नामबाट सचिव यादवले वृद्धभत्ता उठाइरहेका छन् ।

    भ्रष्ट सचिवमाथि कारबाहीको माग गर्दै सदरमुकाम राजविराज आएका गाउँलेहरुले मृत्यु भएका व्यक्तिहरुका नाममा सचिव आफंैले किर्ते हस्ताक्षर गरी रकम कुम्ल्याउने गरेको आरोप लगाए । कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका गाउँलेसमक्ष प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले भ्रष्टाचार प्रमाणित भएमा कारबाही हुने प्रतिबद्धता जनाए ।

    यसअघि भारदह गाविसका सचिव कवितलाल यादव, बरमझिया गाविसका सचिव मदन ठाकुरमाथि सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको रकम हिनामिना गरेको भन्दै कारबाही भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु