Happy tihar
Friday, 20 October 2017 12:56 pm, Nepal

एमाले अध्यक्ष झलनाथले झापड खाए

मेचीकाली : 2011-01-20 14:53:40


‘देश विगारेकाले झापड हानें’

इटहरी, ६ माघ : एमाले अध्यक्ष झलनाथ खनालले झापड खाएका छन् । उनलाई एमालेकै एकजना पूर्व कार्यकर्ताले झापड हानेका हुन् । तीन महिने संगठन सुदृढिकरण, व्यवस्थापन र सञ्चालन कार्यक्रमको उदघाटन गर्न इटहरी पुगेका खनाललाई सुनसरी भरौलाका देवीप्रसाद रेग्मीले झापड हानेका हुन् । खनाललाई झापड हानिरहँदा एमालेका सयौं कार्यकर्ता मुकदर्शक भएर हेरिरहेका थिए । ५२ वर्षिय रेग्मीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखेको छ । नेताहरुले देश बिगारेकाले खनाललाई मौका पारेर थप्पड हानेको रेग्मीले बताए । '

नेताहरुले देश बर्बाद पारे, मर्नुभन्दा बहुलाउनु निको ठानेर झापड हानेको हुँ,' प्रहरी नियन्त्रणमा रहेका रेग्मीले सञ्चारकर्मीसित भने । रेग्मी पार्टी प्रवेश गर्ने कार्यकर्ताको लाइनमा मिसिएर खनाल नजिकै पुगेका थिए । झापड हान्दा खनालको चस्मा झरेको थियो । कार्यक्रममा अन्य दलका झण्डै १ हजार कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

एक्कासी भीडबाट थप्पड खाएपछि खनाल रातोपिरो भएका थिए । 

यो विषयका प्रतिक्रियाहरु

pusparaj lamichhane:Jan 23, 2011 11:43:25 AM

ma tyo neta lai jhappad hanne tapai jasta aat vayeko janta ko yo desh ma saro khacho 6 hajur

हिमराज कटुवाल:Jan 22, 2011 08:02:06 AM

आदरणीय देवी प्रसाद रेग्मी ज्युले झलनाथ खनाललाइ दिएको थप्पठ प्रहार राम्रो कुरा हो ।

jen kumar lama:Jan 21, 2011 08:02:49 PM

धन्यबाद छ शिव प्रसाद रेग्मी जी....अब सबै जनताले यसरी सबै पार्टीको सबै नेताहरुलाइ झापड हान्नु पर्छ केवल झलनाथ खनाललाई मात्रै होइन.....जिम्मेवार सबै नेताहरुलाइ हान्नु पर्छ.....कुनै पनि पार्टीलाई अब देखि सबै जनता मिलेर गाउँ पस्न दिनु हुन्न...गाउँका ठूटे नेताहरुलाई पनि ठिक पर्नु पर्छ.....

harichandra gautam:Jan 21, 2011 04:20:22 PM

यो झापर्द नेताले खायको अति राम्रो हो तर शिघ्हधर्भारमा शभैई नेता लिए उभिएर पालो पालो गरि ह्हन्नुप्पर्चा हो यस्स्मा धुबिधा नवयको अनुरोध गर्धचुए किनकि इए नेताहरुले दुनिया लै कानु पो ब्बन्हाया त हो हजुर.. होइनर ?

deepak lala:Jan 21, 2011 02:37:43 PM

रेग्मइजी तपैले ठिक गर्नु भयो.यस्तो झापड अरु ठुला दलका ठुला नेतालाई पनि हान्नु पर्छ .ताकी त्इ नेताले चेतून.तपाई को साथमा ३ करोड जनता छन.देश बिगार्ने मुख्य गरि रामचन्द्र,शुशील,र प्रचण्डलाई पनि जनताले तिरस्कार गर्नु पर्छ.
-दीपक लाला कोरिया




pravin timilsina:Jan 21, 2011 10:51:01 AM

Regmi g tapaiko neta sudharni tarika akdam sahi chha. yasai gari sabai dalka bhrasta netako gaala padkauna sakihema ti desh drohiko netaharuko buddi aauthiyoki maatribhumi ra janatako pasinako mulya bujhtheki!

rabi:Jan 20, 2011 10:14:30 PM

एस्तो झापड सबी नेता हरुलिए नहानी भा को छैन कुर्ची को लागि लड्ने हरु देस को हालत दिन मा १२ घण्टा बती ग को न देख्ने हरु लिए जन्त लिए अँधेरो मा राख्ने हरुलाई
जनता हरु सब अब नेता हरु को विरुद्ध मा न उह्त्री भा को chaina

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु