dashain
Saturday, 20 October 2018 06:07 am, Nepal

बागलुङमा ६५ विद्युत आयोजना

मेचीकाली : 2011-01-17 09:44:11


बागलुङ, ३ माघ : झोलुङ्गेपुलको जिल्लाले चिनिने बागलुङ जिल्ला अब धेरै लघुजलविद्युत् आयोजना भएको जिल्लाको रुपमा पनि परिचित हुन थालेको छ । यस जिल्लामा लघुजलविद्युत् आयोजनाबाट मात्र एक हजार किलोवाटभन्दा बढी विद्युत् उत्पादन भएको छ । जिल्ला ऊर्जा तथा वातावरण शाखा बागलुङका अनुसार जिल्लामा २९ वटा पेल्ट्रिक सेटबाट १०० किलोवाट र ३६ वटा लघुजलविद्युत् आयोजनाबाट एक हजार दुई किलोवाट गरी एक हजार १०२ किलोवाट विद्युत् उत्पादन भइसकेको छ ।

    यी आयोजनाहरुबाट ११ हजार १२१ घरपरिवार वासिन्दाले विद्युत् सुविधा पाउनुका साथै विभिन्न परिप्रयोगबाट उनीहरुको जीवनस्तरमा सुधार आएको छ । सर्कुवा, कुश्मिसेरा गाविस हुँदै पैयँुपैथाप गाविसमा बग्ने ऊर्जा खोलामा मात्रै १८ वटा लघुजलविद्युत् आयोजना निर्माण गरिएको छ ।

    लघुजलविद्युत् आयोजनाहरुमा मिनी–ग्रीडमा जोडी केन्द्रीय लाइनमा जोड्ने तयारी भइरहेको ग्रामीण ऊर्जा विकास कार्यक्रमका राष्ट्रिय प्रवन्धक किरणमान सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु